धरान । मोरङको बुढीगंगा गाउँपालिका ४ स्थित राजमार्गमा मोटरसाईकलको ठक्करबाट १ जनाको मृत्यु भएको छ ।
शनिवार राती साढे ८ बजे अरुण गाउँपालिका ५ भोजपुरका २६ बर्षीय राम श्रेष्ठलाई प्रदेश १ ०२ ०४१ प १४१४ नम्बरको मोटरसाईकलले बाटो काट्दै गरेको अवस्थामा ठक्कर दिँदा घाईते भएका श्रेष्ठको बिराट मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो ।
मृतक श्रेष्ठ बुढीगंगा स्थित रहेको प्रिमियर वायर फ्याक्ट्रीमा सेक्युरिटी गार्डमा कार्यरत रहेका थिए ।
मोटरसाईकल र चालक बिकाश श्रेष्ठलाई जिल्ला प्रहरी कार्यालय मोरङले नियन्त्रणमा लिई थप अनुसन्धान गरीरहेको जनाएको छ ।