धरान । ईलामको माङसेबुङ गाँउपालिका २ दहगाँउ स्थित भित्री सडक खण्डमा बुलेरो दुर्घटनाहुदाँ ३ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा पाँचथर मिक्लाजुङ गाँउपालिका ५ का ६५ बर्षीय हिम प्रसाद लावती, ६० बर्षीया पदम कुमारी लावती र ईलाम माङसेबुङ गाँउपालिका ६ का ५० बर्षीय प्रकाश राई रहेका छन् ।
आइतबार दिउसो १२ बजे पाँचथरको रबिबाट झापाको दमक तर्फ जादै गरेको मे १ ज ४८७ नं को बोलेरो गाडी सडकबाट अं २०० मिटर तल झरी दुर्घटना भएको थियो । उक्त दुर्घटनामा परी हिम प्रसाद र पक्राशको घटनास्थलमानै मृत्यु भएको थियो भने पदम कुमारीको उपचारको लागी दमक अस्पताल लादै गर्दा बाटोमानै मृत्यु भएको हो ।
बोलेरो चालक तत्काल फरार रहेकोले खोजतलास भइरहेको र घटनासम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ l