धरान । संखुवासभाको चैनपुर नगरपालिका ११ कि ८६ बर्षीया मनमाया मगरको आगोले जलेर मृत्यु भएको छ ।
घरमा एक्लै बस्दै आएकी बृद्दाले चुलामा आगो सल्काउने क्रममा अचानक आफैले लगाएको चोलोमा आगो सल्कन गई आगोले जलेर गम्भिर घाईते भएको अवस्थामा आफन्तले मंगलबार बिहान ७ बजे फेला पारी उपचारको लागी जिल्ला अस्पताल खाँदबारी ल्याएकोमा उपचारको क्रममा मृत्यु भएको हो ।
घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।