धरान । मोरङको बेलबारी ११ स्थित पुर्व पश्चिम राजमार्गमा मोटरसाईकल दुर्घटनाहुँदा १ जनाको मृत्यु भएको छ भने १ जना घाईते भएका छन् ।
सोमबार दिउँसो सवा १२ बजे पुर्वबाट पश्चिमतर्फ जाँदै गरेको को २० प ७७५२ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाईकल चालक मोरङ बेलबारी १० का ३१ बर्षीय कुसुमलाल धिमाल र मोटरसाईलकमा सवार मोरङ पथरीशनिश्चचरे ६ का २८ बर्षीय रमेश धिमाल घाईते भएका थिए ।
दुर्घटनाबाट घाईते भएका उनीहरुको उपचारको लागी नोबेल अस्पताल बिराटनगर लगिएकोमा कुसुमलालको चेकजाँचको क्रममा डाक्टरले मृत घोषणा गरेको हो ।
घटना सम्बन्धमा ईलाका प्रहरी कार्यालय बेलबारीबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।