धरान । पछिल्लो समय मोटरसाइकल चोरी गर्ने गिरोहको विगविगी बढेको छ ।
एक पछि अर्को मोटर साइकल हराउने क्रम रोकिएको छैन । यस्ता केही गिरोहलाई प्रहरीले प्रक्राउ गरी कार्वाही गरे पनि चोरीका घट्नामा नियन्त्रण भने हुन सकेको छैन ।
पछिल्लो समय विरामी रुग्न आएका उदयपुर बेलका नगरपालिकाका कर्मचारी नुनुराम राईको प्रतिष्ठान हाताभित्र पार्किङमा राखिएको मोटरसाइकल हराएको छ ।
असार २ गते धरान १७ मा पार्किङ गरी राखेको प्र. नं. १–०२–०४५ प ७६११ नं. को बजाज कम्पनीको पल्सर मोटरासाईकल हराएको हो ।
बेलका नगरपालिकाका कर्मचारी नुनुराम राईले विपी प्रतिष्ठानमा बिरामीका आफ्न्त ल्याएर खाजा खाना जाँदा साँझको करिब ९ बजे तिर मोटरसाईकल हराएको हो ।
मोटरसाइकल हराएको विषयमा इलाका प्रहरी कार्यालयमा उजुरी दिएको राईले बताए । इलाका प्रहरी कार्यालयले भने खोजी कार्यलाई तिब्रता बनाएको बताएको छ ।
र्भखरै जेष्ठ २९ गते धनकुटाको शहीदभूमि गाउँपालिका–२ घर भएका २५ बर्षीय आश्वासन राईलाई सुरक्षामा खटिएको सुरक्षाकर्मीले मोटर साइकल चोरी गदैगर्दा प्रक्राउ गरेको थियो । डिउटीमा खटिएका सुरक्षा गार्डले ती बाइक चोरलाई नियन्त्रणमा लिएका थिए । यो मोटरसाइकल अरु कसैको नभएर धरान १७ सम्झना चौकका चन्द्रबहादुर राइको चोरी भएको थियो । चोरी नियन्त्रण गर्न प्रहरीको लागि टाउको दुखाइको विषय बनेको छ ।