विनेसामद्वारा साहित्यदूत घोषणा

  • जेठ १७, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । विश्व नेपाली साहित्य महासङ्घको केन्द्रीय समितिले आठजना साहित्यदूत घोषणा गरेको छ ।

विश्वका १० उच्च हिमालहरूमध्ये आठवटा नेपालमा छन् । तिनै हिमालका नाममा महासङ्घले साहित्यदूतको सम्मान प्रदान गर्ने गरेको छ । महासङ्घले साहित्यदूत सम्मान (सगरमाथा) पूर्वराजदूत भीम उदास, साहित्यदूत सम्मान (कञ्चनजङ्घा) भारतको त्रिपुरा विश्वविद्यालयका कुलपति प्राडा गङ्गाप्रसाद प्रसाईं, साहित्यदूत सम्मान (ल्होत्से) भारतको काशी हिन्दू विश्वविद्यालयका प्राडा दिवाकर प्रधान, साहित्यदूत सम्मान (मकालु) सहप्राध्यापक डा ज्ञानु अधिकारी, साहित्यदूत सम्मान (चोयु) हङकङकी दीपा एवाई राई, साहित्यदूत सम्मान (धौलागिरी) म्यान्मा, साहित्यदूत सम्मान (मनास्लु) अमेरिकाका कर्ण गुरुङ र साहित्यदूत सम्मान (अन्नपूर्ण) बेलायतका डा मुलीवीर राईलाई घोषणा गरेको छ ।

महासङ्घले नेपाली भाषा–साहित्यको क्षेत्रमा अमूल्य योगदान गर्नुहुने आठजनालाई हरेक तीन वर्षमा साहित्यदूत सम्मानका साथै उत्कृष्ट शाखा र सक्रिय सदस्य घोषणा गर्ने गरेको महासङ्घका अध्यक्ष सुरेन्द्र लिम्बू परदेशीले जनाए । महासङ्घको शनिबार बसेको भच्र्युअल बैठकले यस्तो निर्णय गरेको हो । बैठकले भारत शाखालाई उत्कृष्ट शाखा र साहित्यिक सक्रियताका आधारमा दक्षिण बेलायत शाखाका सचिव अमित थेबेलाई सक्रिय सदस्य घोषणा गरेको अध्यक्ष लिम्बूले बताए ।

महासङ्घका वरिष्ठ उपाध्यक्ष डा लेखनाथ काफ्लेको संयोजकत्वमा उपाध्यक्ष डेन्जोम साम्पाङ र महासचिव सुनिता राई कन्दङ्वा रहेको तीन सदस्यीय छनोट समिति गठन गरिएको थियो । समितिले पेस गरेको प्रस्तावका आधारमा महासङ्घले निर्णय गरेको बताइएको छ । महासङ्घको कार्यकाल सकिन लागेको हुँदा बैठकले आगामी समिति कस्तो बनाउने भन्ने सम्बन्धमा गृहकार्य गर्न वरिष्ठ उपाध्यक्ष काफ्लेको संयोजकत्वमा सल्लाहकार प्राडा भीम खतिवडा, डा मधु माधुर्य, उपाध्यक्ष साम्पाङ, महासचिव कन्दङ्वा र सचिव डा मनमुर्ती भुर्तेल सम्मिलित छ सदस्यीय परामर्श समिति गठन गरेको छ ।

इटहरीमा बालुवा प्रशो ...

इटहरी/ इटहरी उपमहानगरपालिका–३ स्थित त्रिवेणी ...

मोडर्न प्रीपेरेटोरी ...

इटहरी/ विद्यार्थी तथा शिक्षकहरूलाई लक्षित गरी ट्राफिक स ...

हर्क साम्पाङको लाइसे ...

धरान/ सुनसरी–१ बाट निर्वाचित प्रतिनिधिसभा सद ...

अस्पतालकै अगाडि टिपर ...

दमक/ झापाको दमक नगरपालिका–९ स्थित निम्स अस्प ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved