धरान । झापाको शिवसताक्षी नगरपालिका १ स्थितमा बसको ठक्करबाट १ जनाको मृत्यु भएको छ ।
बुधबार बिहान साँढे ७ बजे पुर्बबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश १ ०२ ०४० प ७१४९ नबम्बरको मोटरसाईकललाई बिपरित दिशाबाट आउँदै गरेको को १ ख ७१८७ नम्बरको बसले ठक्कर दिई दुर्घटना हुँदा मोटरसाईकलको पछाडि सवार भोजपुर षडानन्द नगरपालिका ८ का २३ बर्षीय टिचोहाङ राईको घटनास्थलमानै मृत्यु भएको हो ।
ठक्कर दिने बस र चालक मोरङ उर्लाबारी नगरपालिका २ घर भएका ४५ बर्षीय टेक बहादुर पुरीलाई ईलाका प्रहरी कार्यालय झिलझिलेले नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान भइ रहेको प्रहरीले जनाएको छ ।