पैसा तिर्न नसक्दा अस्पतालमा बन्धक: नातिले गर्न पाएनन्, हजुरबुबाको अन्तिम संस्कार

  • वैशाख २८, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । गरिबीको तनाबले हजुरबुबाको मृत्यु हुँदा पनि विराटनगरको एक अस्पतालमा उपचार गराईरहेका नातीले अन्तिम संस्कारमा जान पाएनन् । सवारी दुर्घटनामा परि उपचार गराई निको समेत भइसकेका नातीले अस्पतालको बिल चुक्ता गर्न नसक्दा उनले हजुरबुबाको मुख समेत हेर्न पाएनन् ।

एक महिना देखि विराटनगरको विराट नर्सिङ होममा उपचार गराईरहेका सुनसरी बराहक्षेत्र नगरपालिका ९ बामन डाँडाका प्रकाश विश्वकर्माले अन्तिम समयमा पनि हजुरबुबालाई हेर्न पाएनन् । अस्पतालमा उठेको खर्च कसरी तिर्ने भन्ने चिन्ताले नै हजुरबुबा पदम बराइलीको गत २६ गते ह्रदयघातबाट मृत्यु भएको थियो । सवारी दुर्घटनामा परि उपचारमा रहेका प्रकाशले हजुरबुबाको दाहसंस्कार गरे पछि आउँछु भन्दा पनि अस्पतालले उनलाई बन्धक बनाएर राखेको छ ।

हजुरबाको अन्तिम समयमा मुख हेर्न जान पाउँ फेरि फर्केर आउनेछु भनेर अस्पताल प्रशासनसँग हारगुहार गर्दा पनि अस्पतालले उपचारको ५ लाख रुपैया नतिरी जान नपाउँने भन्दै राखेको प्रकाशकी दिदी राधिका विश्वकर्माले बताईन् । उनका अनुसार अन्तिम पटक हजुरबाको मुख हेर्न जान दिन भनेर प्रकाशकी दिदी राधिका सहित केही पत्रकार, दलका नेताहरुले पनि आफुहरुलाई रोहवरमा राखेर भएपनि प्रकाशलाई हजुरबाको मुख हेर्न केही घण्टाका लागि पठाउन अस्पताल प्रशासन आग्रह गरेको थियो । आजसम्म त्यस्तो कुनै परम्परा नभएकोले उपचार शुल्क भुक्त्तानी नभै कुनै हालतमा घाइतेलाई अस्पतालबाट बाहिर जान नदिने अस्पतालले अडान लिएको थियो ।

उता अन्तिम समयमसम्म नातिलाई पर्खेर बसेका आफन्तहरुले अस्पतालले आउन नदिएको खवर पाएपनि मंगलबार दिउँसो २ बजेतिर मात्र हजुरबाको स्थानीय कोशी नदीमा दाहसँस्कार गरेका छन् ।    

गत चैत १९ गते बराहक्षेत्र ९ स्थित सयपत्री चोक भन्ने ठाउँमा लाइसेन्स नभएका चालकले कुदाएको ट्रयाक्टरले विपरित दिसाबाट आइरहेको को ३१ प ३५९६नम्बरको मोटरसाइकललाई ठक्कर दिदा २२ बर्षिय अमृत विश्वकर्माको घटनास्थलमै मृत्यु भएको थियो भने पछाडि सवार २५ बर्षिय प्रकाश विश्वकर्मा गम्भिर घाइते भएका थिए ।

बेहोस अवस्थामा रहेका घाइते विश्वकर्मालाई प्रहरीले उपचारका विराटनगर स्थित विराट नर्सिङ होम पठाएको थियो । अस्पतालमा एक महिना लामो उपचारपछि टाउँको, हात, छाति र अन्य विभिन्न भागमा चोट लागेका घाइते प्रकाश निको भएका थिए । चिकित्सकले उनलाई निको भएको भन्दै डिस्चार्ज पनि गरिदिए । तर अस्पताल प्रशासनले बाँकी रहेको ५ लाख रुपैया बुझाउन नसकेको भन्दै घर जान नदिएको हो । पैसा तिर्न नसक्दा प्रकाश निको भएर पनि अस्पतालमै बन्धक झै बस्न बाध्य छन् । यता एक मात्र छोरा प्रकाश दुर्घटनामा घाइते भएर अस्पतालमा बन्धक भएपछि उनका सुकुम्बासी आमाबाबु र श्रीमती र छोराछोरी पनि बिलखबन्दमा परेका छन् ।

उता दुर्घटना गराउने ट्रयाक्टरलाई प्रहरीले नियन्त्रणमा लिएपनि फरार रहेका चालकलाई पक्राउ गरेको छैन । एक पटक पक्राउ गरे पनि अनुसन्धानको बहानामा इलाका प्रहरी कार्यालय महेन्द्रनगरले छाडिदिएको छ । दुर्घटना गराउने चालक को हो भन्ने पनि प्रहरीले अझैसम्म सार्वजनिक गरेको छैन । बरु योजना मिलाएर ट्रयाक्टर पनि छाडने तयारी भैरहेको स्थानीयहरु बताउँछन ।

स्थानीयका अनुसार वराहक्षेत्र ९ की कलावती चन्द्रबंशीको नाममा केही महिना अघि मात्र नयाँ ट्रयाक्टर किनिएको थियो । उक्त्त ट्रयाक्टर उनका श्रीमान सत्यनारायण चन्द्रबंशीले कुदाएका थिए । तीब्र गतिमा विपरित दिसाबाट आइरहेको मोटरसाइकल ठोक्किएर   दुर्घटना भएपछि चालक मकैबारी हुदै फरार भएका थिए । उनी अझै सम्म फरार छन् । पिडितहरुले कानुन अनुसार क्षतिपुर्ति दिने र घाइतेको उपचारमा लागेको खर्च दिएमा मिलापत्र गर्ने प्रस्ताव गरेपनि ट्रयाक्टर धनीले पहुँचको बलमा प्रहरीसँग मिलेर सहयोग गर्न कुनै चासो दिएको छैन ।

ईलाका प्रहरी महेन्द्रनगरका प्रहरी निरिक्षक टिकाबहादुर कार्कीले आफु पनि भर्खरै जिम्मेवारीमा आएको र आउनासाथ निर्वाचनको जिम्मेवारी प्राथमिकतामा परेकोले फरार चालकलाई पक्राउ गर्न ढिलाई भएको बताए । उनले भने, ‘सवारी ज्यान कसुरमा मुद्दा दर्ता भैसकेको छ यसैले निर्वाचनको जिम्मेवारी सकिनासाथ हामी अति गम्भिर घटना मानेर फरारको खोजतलास गर्नेछौ कानुनको कुनै कसुर बाँकी राख्दैनौ ।’ 

विस्थापित भयो मृतक अमृतको परिवार

प्रकाश सँगै दुर्घटनामा परी घटनास्थलमै मृत्यु भएका अमृतको परिवार विस्थापित भएका छन् । मृतक अमृतकी श्रीमती सहित दुई नावालक छोराछोरी छन । कोशी तटबन्ध रहेको ऐलानी जमिनमा बसेर गुजारा चलाउदै आएका श्रीमानको मृत्यु भएपछि स्थानीयको सहयोगमा श्रीमती र छोराछोरी माइती घर गएको छिमेकी कमला लिम्बले बताइन । छिमेकी कमलाका अनुसार अमृतका बुबा १२ बर्ष अघि भारत अछामको कोइलाखानीमा काम गर्न गएका अझै सम्म कुनै अत्तोपत्तो छैन ।

दुर्घटनामा मृत्यु भएका अमृत र घाइते भएका प्रकाश दुवै सुनचाँदी पसलमा काम गर्दथे । अमृत बराहक्षेत्रकै चक्रघट्टीमा रहेका सुनपसलमा र प्रकाश काठमाण्डौको सुनपसलमा काम गर्दै आएका थिए ।

गायिका शीलाको उहिले ...

धरान ।सुमधुर स्वरका धनी गायिका शीला राईको उहिलेको माया ...

विश्व संगीत दिवसमा ध ...

धरान/ ‘संगीत, नाट्य र कला प्रवर्द्धन अभियान&rsquo ...

इजरायल–इरान तनावबीच ...

विराटनगर/ इजरायल भ्रमणमा रहेका विराटनगर महानगरपालि ...

मकैबारीमै मृत भेटियो ...

बराहक्षेत्र/ सुनसरीको बराहक्षेत्र नगरपालिका–२ मा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved