धरानबासीलाइ ओलीको बचन : ‘‘एमाले जिताउनुहोस धरान विकासको जिम्मा मेरो’’

  • वैशाख २५, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले धरानलाई जिताए आफूले विकासको जिम्मा लिने बताएका छन् ।

ओलीले शनिवार धरानको भानुचौकमा चुनावी सभालाई सम्बोधन गर्दै धरानबासीलाई यस्तो आग्रह गरेका हुन् । उनले भने–‘धरानमा मेयर र उपमेयरका उमेद्वारलाई जिताउनुस् विकासको जिम्मा मेरो हो ।’

उनले धरानको समग्र विकासमा एमालेले गम्भीर भएको बताए । उनले आगामी हुने प्रदेश र संघीय निर्वाचन एमालेले जित्ने बताउदै स्थानीय स्तरमा पनि एमालेले नै जिते विकास गर्न सहज हुने बताए । उनले भने–‘आगामी हुने प्रदेश र संघीय निर्वाचन एमालेले जित्छ, स्थानीय तहमा पनि जिते विकासका बजेट निकासा गर्न सहज हुन्छ, धरानलाई बढी भन्दा बढी विकासका बजेट निकासामा म प्राथमिकतामा राख्छु ।’

फरक प्रसैँमा ओलीले पाँच दलीय गठबन्धनलाई मुसाको संज्ञा दिएका छन् ।

उनले भने–‘पाच दलीय गठबन्धन मुसाको समूह हो, यो समूहले केही गर्न सक्दैन, नेकपा एमाले सिंगो बाघ हो, बाघको अगाडि मुसाको केही चल्दैन ।’
पूर्व प्रधानमन्त्री समेत रहेका ओ्लीले स्थानीय निर्वाचनपछि सत्ता गठबन्धन दल पाखा लाग्ने बताए । राष्ट्रियता बोकेको एक मात्र पार्टी एमालेले देशैभरका स्थानीय निर्वाचन जित्ने दाबी गर्दैै निर्वाचन पश्चात सत्ता गठबन्धन दलका नेताहरुको खटपटी बढ्ने बताए ।

धिकांश समय सत्ता गठबन्धन दलका नेताहरुको आलोचना गर्न पगेका अध्यक्ष ओलीले पाचदल टालाटुली बटुली जस्तो भएको बताए । उनले व्यांगत्म शैलीमा प्रचारप्रसारमा जादा गठबन्धन दलको चुनाव चिन्ह कुन हो भन्ने कुरामा सर्वसाधकारण अल्मलिने मात्र हैन झगडा नै पर्ने अवस्था आउन सक्ने बताउदै एमालेको अवस्था त्यस्तो नभएको बताए । उनले भने–‘चुनाव चिन्ह के हो भनेर भन्नै नसक्ने गठबन्धनलाई कसैले मत हाल्दैन, बच्चदेखि बृद्धासम्मलाई एमालेको के हो भने सोध्नुस् उनीहरुले सूर्य भनेर जवाफ दिन्छन्, देशैभरि एमालेको माहोल बढेको बेला सर्वसाधारणले चुनावचिन्हकै टुंगो नभएकालाई भोट हाल्दैनन् ।

उनले गठबन्धन कोही आरालो लागेका, कोही आफ्नै पार्टीलाई लात मारेर अर्काको घर बनाउन गएका तथा जनाधार नै नभएकाहरु एक ठाउमा उभिएको पाटी भएकोले जनताले भरोसा गर्ने नसक्ने बताए । एमाले राष्ट्रियताको सवालमा एमाले जहिल्यै एक्लै उभिने दृष्टान्त बताउदै देशको विकास भन्दा पनि सरकार कसरी टिकाउने भन्ने ध्याउन्मा रहेका गठबन्धनले राष्ट्रियताको सवालमा केही गर्न नसक्ने बताए ।

उनले अहिले देशैभरिका स्थानीय तहमा माहौल एमालेको भएको् बताउदै धरानमा समेत एमालेले जित्ने दाबी गरे । उनले स्थानीय तहमा कही कतै एमालेले नजिते पनि प्रदेश र संघीय निर्वाचनमा एमालले जित्ने भएकोले स्थानीय स्तरको विकासमा एमालेले जिते धरानले विकासको गति लिने भएकोले यहाका मेयर तथा उपमेयरका उमेद्वारलाई जिताउन धरानेहरुलाई आग्रह गरे । उनले भने–‘एमाले सबैको साझा पार्टी हो, धरानको ऐतिहासिक, पुरातात्विक महत्वका मठ मन्दिर लगायतका कुराहरुलाई संरक्षण गर्दै धरानको समग्र विकासमा एमाले अगाडि बढ्छ, तपाईहरु निश्चिन्त हुनुहोस् ।’

धरानको आयोजनामा चुनावी सभामा एमालेका तर्फबाट धरानबाट उमेद्वार बन्नुभएकी मञ्जु भण्डारी सुवेदी, उपमेयर पदम सुब्बा इस्वो, धरानका २० वटै वडाका वडाध्यक्षका उमेद्वार, पार्टीका जिम्मेवार कार्यकर्ता लगायतको उपस्थिति रहेको थियो ।

दुबई फिनटेक सम्मेलनम ...

सन्देश तिम्सिना दुबई । दुबईमा सम्पन्न फिनटेक सम्मे ...

देशको विकास श्रमदानब ...

इलाम ।धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले मैले ...

विवादबीच पनि पाथीभरा ...

धरान/  प्रसिद्ध धार्मिक स्थल ताप्लेजुङको पाथी ...

सुनचाँदी बजार ओरालो: ...

काठमाडौँ/ नेपाली सुनचाँदी बजारमा बिहीबार (जेठ १ गत ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved