धरान । भारत र नेपालको व्यापारिक नाको भारतको बथनाहा स्थिति परमाण नदी स्थित निर्माणाधिन नयाँ चार लेनको पुल विहिबारदेखि आंशिक रुपमा सञ्चालनमा आएको छ ।
मोरङ व्यापार संघले विगत लामो समयदेखि मीरगञ्ज पुल निर्माण नहुदा उद्यागी, व्यवसायीहरुलाई समस्या भएको भन्दै निर्माणका लागि सरकारको ध्यानाकषण गराउदै आएका छन् ।
पुल निर्माणका लागि पटक पटक पहल गर्नुका साथै मोरङ–सुनसरी औद्योगिक कोरिडोरका औद्योगिक प्रयोजनका सवारी साधानहरुको चाप व्यवस्थापनका लागि उच्च क्षमताको नयाँ चार लेनको पुलको निर्माण गर्न भारत सरकारका विभिन्न निकायमा नेपाल सरकारको विभिन्न निकायबाट पहल गर्दै आएको थियो ।
संघका अध्यक्ष नवीन रिजालले जीर्ण रहेको पुललाई मर्मतसम्भार भन्दा पनि निर्माण गरेर दीर्घकालीन समस्या समाधान गर्नुपर्ने बताएका छन् उनले भने– ‘विगत १६ वर्षदेखि नयाँ मीरगञ्ज पुल बन्ने काम ठप्प रहेको र उक्त कार्यलाई सूचारु गर्न र पुरानो जीर्ण अवस्थामा रहेको पुललाई मर्मत गर्न पहल गरेका थियौ हाल आएर आंशिक रुपमा चालु भएको छ, केही दिनभित्रै पूर्णरुमा पुल सञ्चालनमा आउने आश्वासन आएको छ ।’
भारतबाट विराटनगर भन्सार कार्यालय आउने मालवाहक सवारी साधनहरु मीरगञ्ज पुल (पुरानो) अवरुद्ध भएका कारण भीमनगर–भन्टावारी नाका प्रयोग गर्दै आएका छन् जसबाट नेपाली आयातकर्ताले प्रति सवारी साधन करिब रु. २५ हजार थप व्ययभार व्यहोर्नु पर्ने बाध्यता रहँदै आएको छ । पुल संञलन गर्नका लागि अध्यक्ष नवीन रिजाल लगायतको टिमले भारतका सडक, राजमार्ग मन्त्री, अररियाका डी.एम., फोरबेशगञ्जका एस.डी.ओ., पटनाका कस्टम्स कमिश्नर, नेश्नल हाईवे अथोरिटी अफ इण्डियाका अधिकारीहरु लगायत विभिन्न निकायमा पहल गर्दै आएको छ ।
संघले जोगबनीसम्मको बैकल्पिक मार्गका लागि अररियाका डि.एम. सहित फोरबेशगञ्जका एस.डी.ओ., एन.एच.ए.आई., सडक विभाग लगायतसँग स्थलगत भ्रमण समेत गर्नुका साथै भत्किएको मिरगंज पुलको स्थलगत भ्रमणपछि पुलको पूर्ण निर्माण तथा बैक्लपिक मार्ग सञ्चालनका लागि भारत सरकारलाई दबाव दिदै आएको थियो भने संघका पूर्व अध्यक्ष महेश कुमार जाजुले केही समय अगाडि प्रधानमन्त्रीको टोलीमा भारत पुग्दा सो पुलको निर्माणका लागि ध्यानाकर्षण गराएका थिए ।