मेयरका उम्मेदवार किशोर राईले गरे बाईस वर्ष पछि पेश्की फच्र्यौट

  • वैशाख १५, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । बाह्र वर्ष सम्म पेश्की लिएर फरफारक नगरेका किशोर राईले १२ वर्ष पछि फच्र्यौट गरेका छन् ।

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा मेयरको उम्मेदवार हुने भए पछि उनले पहिलो पेश्की लिएको २२ वर्ष पछि पुरै फच्र्यौट गरेका हुन् । उनले मनोनयन गर्ने दिन अन्तिम किस्ताको रकम फच्र्यौट गरेका छन् । उनले गत सोमबार अन्तिम किस्ता ११ हजार रुपैया फच्र्यौट गरेका हुन् ।

राईको नाममा २०५६ साल असोज १२ गते देखि २०६७ वैशाख २७ गते सम्म विभिन्न समयमा लिएको पेश्की बाँकी रहेको धरान उपमहानगरपालिकाको जनाएको छ । उनी सँग ११ वर्षको अवधिमा पटक पटक लिएको कुल १ लाख ३ हजार ४ सय रुपैया पेश्की लिएका थिए । अहिले निर्वाचनमा मेयर पदका लागि उम्मेदवारी दिनुपर्ने भए पछि मात्रै पेश्की फच्र्यौट गरेका हुन् ।

उपमहानगरपालिकाले पटक पटक पेश्की फच्र्यौट गर्न ताकेता गरेको थियो । उनले विभिन्न समयमा फच्र्यौट गरे पनि पुरा फच्र्यौट गरेका थिएनन् । अहिले उनको पार्टीले मेयरको टिकट दिने पक्का भए पछि मनोनयन गर्ने दिननै उनले सबै पेश्की रकम फच्र्यौट गरेका थिए ।

उनलाई धरान उपमहानगरपालिकाको पेश्की फच्र्यौट गर्न गरेको पत्राचार अनुसार उनले २०५६ असोज १२ गते पहिलो पटक साफ खेल अध्ययन तथा अवलोकन गर्न २ हजार ५ सय रुपैया पेश्की लिएका थिए । त्यस पछि २०५७ साल असार १८ गते काठमाण्डौं जान लिएको भ्रमण पेश्की मध्य फच्र्यौट कट्टा गरि बाँकी रहेको ४ सय, सोही सालको भदौ ८ गते खेलकुद कार्यक्रमको लागि ६ हजार ५ सय, असोज ४ गते वडा नम्बर १२ को ड्रेन सफाई गर्न ३ हजार, असोज २७ गते बुढासुब्बा गोल्डकपको लागि काठमाण्डौं जना भ्रमणमा १० हजार, पुष १७ गते काठमाण्डौं जना भ्रमणमा ३ हजार ५ सय लिएका थिए । त्यसै गरि २०५८ साल भदौ २४ गते पुनः काठमाण्डौं जान भ्रमण ६ हजार, पुनः फागुन १० गते काठमाण्डौं जान ५ हजार, २०५९ असार ३१ गते खेलकुद मन्त्रालय जान भ्रमण ६ हजार ५ सय, २०६५ भदौ ३० गते गोल प्रोजेक्ट उदघाटन कार्यक्रमका लागि पेश्की १० हजार र अन्तिम पेश्की २०६७ वैशाख २७ गते जनजाती कल्याण आश्रम भवन निर्माण गर्न पेश्की ५० हजार रुपैया गरि कुल १ लाख ३ हजार ४ सय रुपैया पेश्की रहेको थियो ।

उपमहानगरले दिएको फच्र्यौट गरेको तथ्यांक अनुसार उनले मनोनयन दर्ता गर्ने पहिलो दिन गत आइतबार भौचर नम्बर १२६३ बाट वडा सदस्य किशोर राईको नाममा रहेको पेश्कि रकम प्राप्त बैंक भौचर नम्बर १०१५६ तथा १०२१५ अनुसार फच्र्यौट गरिएको ७९ हजार ४ सय रुपैया फच्र्यौट गरेका थिए भने वैशाख १२ गते सोमबार विभिन्न चेक मार्फत बाँकी २४ हजार भुक्तानी गरेका थिए । कार्यालयका अनुसार गत सोमबार भौचर नम्बर १२६८ बाट तत्कालीन १२ नम्बर वडाअध्यक्ष किशोर राईको मिति २०५७।०६।०४ को ढल सफाई कार्यको पेश्की संलग्न भरपाई तथा अर्थ तथा सार्वजनिक लेखा समितीको सिफारिसको आधारमा फच्र्यौट भएको ३ हजार, भौचर नम्बर १२६९ बाट किशोर राईको नाममा रहेको पेश्कि रकम फच्र्यौट गरिएको १० हजार र १२७४ भौचर नम्बरबाट किशोर राईको नाममा रहेको पेश्कि प्राप्त आम्दानि भौचर नम्बर १०२६३ को आधारमा फच्र्यौट गरिएको ११ हजार रहेको छ ।

धरान सहित २१ स्थान ब ...

इटहरी/  नेपाल सरकारको गृह मन्त्रालयले तयार पा ...

ग्याबियन जाली विवाद ...

धरान/ धरान उपमहानगरपालिकामा ग्याबियन जाली राख्ने क ...

धरानबाट इटहरी लादैगर ...

इटहरी/धरानबाट इटहरीतर्फ ल्याउँदै गरिएको ठूलो मात्रामा ग ...

धरानमा देबऋषि आचार्य ...

धरान/सुनसरीको धरानमा स्थापना भएको देबऋषि आचार्य समाजको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved