धरान । मोरङको सुन्दरहरैचा नगरपालिका १० मा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।
मंगलबार राती ११ बजे एक महिना अगाडिबाट लोड गरी राखिएको को २ त ३९९६ नम्बरको ट्याक्टर चलाउँदा ट्याक्टरको अगाडिको भागले च्यापिन गई स्थानिय ३८ बर्षीय कृष्ण मुखिया घाईते भई उपचारको लागी स्थानीय अस्पताल लगिएको र उपचार पश्चात घर आएकोमा राति नै मृत्यु भएको हो ।
घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।