वीपीमा मेडिसिन अध्यावधिक कार्यक्रम सम्पन्न

  • वैशाख १२, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा राष्ट्रिय स्तरको मेडिसिन अध्यावधिक सम्पन्न भएको छ ।

करिब दुई दशक पछि दोश्रो पटक गत शुक्रबार र शनिबार अध्यावधिक कार्यक्रम प्रतिष्ठानको मेडिसिन विभागले उपकूलपती ज्ञानेन्द्र कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न गरेको हो । कार्यक्रमको अध्यक्षता प्रतिष्ठानका इन्टर्नल मेडिसिन विभागका प्रमुख तथा हर्मोन रोग विज्ञ डा. रबिन मास्केले गरेका थिए । पहिलो पटक सन् २००३ मा कार्यक्रम प्रतिष्ठानको इन्टर्नल मेडिसिन विभागले नै आयोजना गरेको थियो ।

‘दिर्घकालिन गैर संचारित रोग, रोकथाम, प्रारम्भिक निदान वा रोगमुक्तीः नेपालले कहा मुख्य भूमिका खेल्नुपर्छ’ भन्ने नारा सहित आयोजना गरिएको कार्यक्रममा प्रतिष्ठान तथा देशका विभिन्न अस्पतालबाट डाक्टर, नर्स र स्वास्थ्यक्षेत्रमा कार्यरत स्वास्थ्यकर्मीहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा ३ सय जना भन्दा बढिको सहभागिता रहेको विभागका बाथरोग विज्ञ डा. विवेक कट्टेलले जानकारी गराए ।

कार्यक्रममा देशभरी बाट चिकित्सा शास्त्रका विभिन्न विधाका विशेषज्ञहरु भेला भई हर्मोन रोग, अर्बुद रोग, मृगौला रोग, पेट सम्बन्धि रोग, मुटु रोग, रगत सम्बन्धि रोग, बाथ रोग र फोक्सो सम्बन्धि रोगहरुका बारेमा अध्यावधिक गराएका थिए । नेपाल जस्तो अल्पविकसित मुलुकको स्वास्थ्य मापदण्ड अनुसार, नसर्ने किसिमका दिर्घकालिन रोगहरुको उपचार पद्धतीको निर्देशिका पनि तैयार भै त्यसलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने उदेश्यले मेडिसिन अपडेट गरिएको हो ।

कार्यक्रमका सल्लाहाकार प्रा.डा. नरेन्द्र भट्टका अनुसार अपडेट कार्यक्रमहरुले चिकित्साकिय क्षेत्रमा प्रतिपादन हुने नयाँ सिद्धान्तहरुलाई क्लिनिकल प्राक्टिसमा कार्यन्वयन गराउन गहन भुमिका खेल्नेछ ।

नेपालमा सरुवा रोगले भन्दा नसर्ने रोगबाटबाट मृत्यु हुने विरामीको संख्या अत्याधिक बढि रहेको इन्टर्नल मेडिसिन विभागका प्राध्यापक तथा कार्यक्रमका कन्भेनर डा. संजिव कुमार शर्माले दिए ।

कार्यक्रममा अध्यक्ष तथा डा. मास्केले नसर्ने रोग अब विकसित देशको मात्र नभई विकासोन्मुख देशको पनि समस्या रहेको बताए । उनले भने, ‘राज्यले यस्ता रोगको रोकथामका लागि समय र स्थान सापेक्ष निती निर्माण गरि यथोचित कार्यन्वयन गराउनु पर्दछ, राज्यले केन्द्र र प्रदेश स्तरिय अस्पताल र स्वास्थ्य संस्थाहरुमा रोगको जटिलता भएका विरामीहरुलाई प्रत्यक्ष रुपमा स्वास्थ्य सेवा प्रदान गर्ने प्रावधान मिलाउनु पर्छ ।’ पालिका, जिल्ला र अञ्चल स्तरिय स्वास्थ्य संस्थाहरुमा चाडो भन्दा चाडो निदान गर्ने प्रणाली विकसित गरिनुपर्ने उनको भनाई छ ।

बारीबाट बजारसम्म, तर ...

धरान/पहिले–पहिले गाउँमा तरकारी त शहरमै हुने भन्ने ...

शिक्षित परिवारमै हिं ...

विराटनगर/ बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठा ...

भोजपुरको चुलाचुली गु ...

भोजपुर/ भोजपुर जिल्लाको रामप्रसादराई गाउँपालिका&nd ...

पाँचथर–ताप्लेजुङ सडक ...

पाँचथर/ तमोर करिडोरअन्तर्गत पाँचथर–ताप्लेजुङ सडकख ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved