धरान । सुनसरीको बराहक्षेत्र नगरपालिकापा ४ पिडारी चतारा झुम्का भित्री सडक खण्डमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ११ जना घाईते भएका छन् ।
शनिबार दिउँसो पौने १ बजे चताराबाट झुम्कातर्फ जाँदै गरेको प्रदेश १ ०२ ००१ ख ९५०४ नम्बरको बस अनियनन्त्रीत भई नहरको पुलको रेलिङमा ठक्कर खाई दुर्घटना हुँदा बस धनि बराहक्षेत्र नगरपालिका १ चतरा घर भएका ४० बर्षीय सरोज खड्का सहित ११ जना घाईते भएका हुन् ।
घाईतेलाई तत्काल उपचारको लागि वि.पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएकोमा खड्काको उपचारको क्रममा मृत्यु भएको हो ।
बस चालक बराहक्षेत्र १ चताराका २५ बर्षीय सनम श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।