धरान । ताप्लेजुङको फुङलिङ नगरपालिका ११ मा कुटपिटबाट एकजना महिलाको मृत्यु भएको छ ।
बैशाख २ गते बिहान ८ बजे स्थानिय ५४ बर्षीया कुमारी काङंबा लिम्बुले छिमेकी ४४ बर्षीया मेनुका सार्कीलाई कुटपिट गर्दा घाईते भएकी सार्कीको बिहीबार बिहान मृत्यु भएको हो ।
यसरी कुटपिटबाट मृत्यु भएको भन्ने खबर प्राप्त भएसंगै जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट खटिएको प्रहरी टोलीले हत्या अभियोगमा पक्राउ परेकी लिम्बुलाई नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।