धरान । सिटिजन्स बैंकको १५ औं वार्षिक उत्सवको अवसरमा धरान शाखाले रक्तदान कार्यक्रम गरेको छ ।
बुधवार धरान ९ स्थिति सिटिजन्स बैंक परिषरमा सम्पन्न कार्यकममा ६० पिन्ट रगत संकलन भएको शाखा प्रमुख तोर्ण बहादुर कार्कीले बताए । नेपाल रेडक्रस सोसाइटी सुनसरीको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम गरिएको हो । संकलित रगत धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थित ब्लड बैंकमा स्टोर गरिएको छ । रक्तदान कार्यक्रममा बैंकका कर्मचारी, ग्राहक लगायत स्थानीयले रक्तदान गरेका थिए ।
प्रमुख अतिथि धरान नगर प्रमुख तिलक राइले कार्यक्रममा बैंकले सामाजिक कार्य गरेकोमा आभार व्यक्त गर्दै नव वर्षको शुभकामना समेत व्यक्त गरेका थिए ।
सिटिजन्स बैंक प्रदेश नं. १ का प्रमुख प्रदिप सेडाईले बैंकले सामाजिक उत्तरदायित्व पुरा गर्न बैंक अग्रसर रहेको बताए । कार्यक्रममा गरिमा बिकास बैकका प्रदेश प्रमुख मिन सुवेदी, रिलायन्स लाइफ इन्सुरेन्सका सहायक प्रदेश प्रमुख थिरलोचन श्रेष्ठ, धरान जेसीजका अध्यक्ष प्रतिक श्रेष्ठ, धरान स्थित बैंकहरुका प्रवन्धकहरु उपस्थिति रहेको थियो ।