स्थानीयतह निर्वाचन विशेष: ‘टिकट पाए भने मैले जित्ने आधारहरु धेरै छन्’

  • चैत्र २९, २०७८
  • कोशीपत्र/संवाददाता
alt

मोतिराज सुनुवार । धरानेहरुका लागि अपरिचित नाम भने होइन । ०३५÷०३६ सालको विद्यार्थी आन्दोलनबाट राजनीतिक जीवनमा प्रवेश गरेका ०२६ सालको वहुदलीय र निर्दलीय को सवालमा भएको जनमत संग्रहमा वहुदलको पक्षमा जानी नजानी लागेका उनी विस्तारै राजनीतिमा सक्रिय बन्दै गए । वहुदलीयको पक्षमा उभिनका लागि सक्रिय रहेका उनी राजनीतिमा सक्रिय भएको भने विद्यार्थी आन्दोलनबाट नै हो । अनेरास्व वियुको देशव्यापी आन्दोलन भएको बेला अर्थात ०३७ साल चैत्र १४ गते आम हड्तालको आवहान हुदा उनी पनि सक्रिय भएर लागे । आम हड्ताललाई सफल बनाउन एक हप्ता अगाडिदेख नै पर्चा बाड्ने, छड्को जुलुस गर्ने काममा सुनुवारको सक्रिय भूमिका रहयो ।
२०३७ सालदेखि धरानको महेन्द्र वहुमुखी क्याम्पसमा अध्ययन शुरु गरेका सुनुवार ०३९ साल भाद्र २७ गते अनेरास्ववियुको तेस्रो सम्मेलन केन्द्रीय प्रविधि क्याम्पस हात्तीसारमा भयो । सम्मेलनमा सुनुवार महेन्द्र क्याम्पसबाट प्रतिनिधि भएर जानु भएको थियो । उहाले विद्यार्थी राजनीति सक्रिय रहदारहदै २०४० सालदेखि भने विद्यार्थी जीवनलाई छोडेर यातायात मजदुरको काम शुरु गरे । बुकिङ पेशामा आवद्ध सुनुवार भूमिगत अवस्थामा विस्तारै मजदुर आन्दोलनमा सरिक हुन थाले । विशेष गरेर कृष्ण नारायण पलिखे, पारस सुब्बा लगायत थिए । त्यतिबेला माक्सवार्दी आन्दोलन थियो । माक्र्सवादी आन्दोलनमा छविलाल लम्साल, महेन्द्र बुढाथोकी, कमल बुढाथोकी विहार पोख्रेल थिए भने लिला सुब्बा, सुनुवार भने मालेबाट क्रियासिल रहेका थिए । लिला सुब्बा, कुन्ता शर्मा, कृष्णनारायण पलिखेसंग सुनुवार धेरै नजिक हुनुहुन्थयो । वहुदलीय व्यवस्था आएपछि २०४७ .सालमा सुनुवार नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको केन्द्रीय सदस्य बन्नुभयो । संगसंगै उहा पार्टीमा समेत सक्रि रहनु भयो । त्यसबेला उहा धरान नगर कमिटीको सदस्य बने । अहिले धरानमा रहेका कम्युनिस्ट पार्टीका जति पनि द्विग्गज नेताहरु छन् सबै २०४७ सालको संगठित सदस्य भएको सुनुवार दाबी गर्छन । त्यो टिममा आफू पनि रहेको उनी बताउछन् । २०४८ सालमा नेकपा एमाले बनेपछि धरान नगरकमिटीको आयोजक कमिटीमा रहेर काम गरे । पछि धरान नगर कमिटीको अधिवेशनमा पनि प्रतिष्पर्धा नै गरेर कमिटीमा आएका थिए । नगर कमिटीबाट उनी विस्तारै जिल्ला कमिटीको सदस्य बने । उनले तीन कार्यकाल जिल्ला कमिटीमै रहेर काम गरे । तीन कार्यकाल जिल्ला कार्यकमिटी सुनसरीको निर्वाचित सदस्य, चौथो कार्यकालमा सर्वसम्मत उपसचिव भएका सुनुवार पाचौ कार्यकालमा प्रतिष्पर्धामा जिल्ला कमिटीको सचिव बने । ०७७ पौष ५ गते पछाडि नेताहरुबीच वैचारिक लडाई हुदा दुई धारमा परिणत भयो । त्यसबेला उनीनेकपा एमालेको केन्द्रीय कमिटीको सदस्य समेत भएका थिए । त्यसबेला सुनवारसँगै मुरारी भट्टराई, विजय राई समेत केन्द्रीय सदस्य बनेका थिए । नेकपा एमालेभित्रको वैचारिक लडाई समाप्त भएर पुन सहज बन्दै गएपछि हाल उनी नेकपा एमालेको १ नं प्रदेश कमिटी सदस्य तथा क्षेत्र नं. १ (क) को इन्चार्ज रहेका छन् । पार्टीको कामसगै उनले मजदुर संगठका धेरै जिम्मेवारी समेत सम्हाल्दै आएका छन् । २०४७ सालमा संगठनमा केन्द्रीय कमिटीको सदस्य भए पनि वहुदलीय व्यवस्था भर्खर आएको हुनाले स्थानीय कमिटी निस्कृय भयो । त्यसपछि स्थानीय कमिटीलाई सक्रिय बनाउन सुनुवार सुनसरी जिल्ला कमिटीको अध्यक्ष बने । मजदुरको हरेक क्षेत्रमा काम गर्दै सुनुवार गए । पार्टी र मजदुरसंगठनलाई हाक्दै अगाडि बढेका सुनुवारले यसपटकको स्थानीय चुनावमा धरान उपमहानगरपालिकाको मेयरको आंकाक्षीमात्र हैन पार्टीबाट सिफारिस समेत गइसकेको छ । कुशल संगठनकर्ता, पार्टीमा इमान्दारीपूर्वक काम गर्ने सुनुवारसंग स्थानीय चुनावको पेरिफेरिमा रहेर कोशीपत्र राष्ट्रिय दैनिकले कुराकानी गरेको छ । प्रस्तुत छ कुराकानीको सम्पादित अंश ः

● वैसाख ३० गते स्थानीय तहको निर्वाचन हुदैछ, तपाई पनि आकांक्षी बन्नु भएको छ, तपाईलाई नै मेयर पदको लागि योग्य भन्ने आधार के छ ?
– यसमा प्रसस्त आधारहरु छन्, नेपाल कम्युनिस्ट पार्टी धरानको नगर प्रमुखका निमित्त धेरै आकांक्षी त छन्, धेरै आकांक्षीमध्ये म पनि एक हो । मैले नै टिकट पाउनुपर्छ भन्ने विषयमा सबैले मलाई सपोर्ट गरेका छन् । म संगसंगैका साथीहरु उपमेयर भए, मेयर भए, माननीय भए,म भन्दा पछाडीका मान्छेहरु पनि मन्त्री बने, मैले त अहिलेसम्म केही प्राप्त गरेको छैन । मैले पार्टीको मात्र काम गरे, संगठनकोमात्र काम गरे, धरानमा रहेका नेताहरुमध्येको मेची महाकाली संगठन गरेर हिडने, त्यसमध्ये निरकुंश राजन्त्रका शासनका विरुद्धमा आन्दोलनको शिलशिलामा त्यस्तो कालकठोरीको समय र दोस्रो देशभरि माओवादी विद्रोहका समयमा पनि मेची महाकाली संगठनमा जुटे । मेची महाकाली संगठनमा रातभरि उत्रिदै उत्रिदै संगठन गरेर हिडेको छु । अब भने बल्ल मैले नगर प्रमुख बन्ने आकांक्षा देखाए, राजनीतिमै लागेर मेरो जीवन व्यतित भयो । विगतको चुनावमा पनि मेरो नाम अगाडि आएको थियो, ०६४ सालमा भएको स्थानीय तहको निर्वाचनमा मनोज मेन्याङ्बोसंगै मेरो नाम पनि अगाडि आएको थियो, जयकुमार, प्रकाश राई हुदा पनि मेरो नाम सिफारिस भएको थियो, सबै कालखण्ड पूरा भइसकेपछि यसपटकको आकांक्षीमध्ये मैले पनि आकांक्षा राखेको हो । पार्टीभित्रबाट पनि अब तपाईको आवश्यकता छ भन्ने ढंगको कुरा भएकोले यसपटक मैले मेयर पदको लागि आकांक्षी भएको हो ।

● पार्टी, संगठनमा लाग्दा लाग्दै पनि तपाईको मुल्यांकन किन नभएको हो त ?
–यसमा पछाडि परेको पनि होइन, कम्युनिस्ट पार्टीमा लागेका मान्छेहरुले कुनैपनि मेयर, उपमेयर, माननीय प्राप्त गर्दाचाहि मुल्यांकन भएको, पार्टी जीवन निरन्तरता चलाइरहेको मान्छेकोचाहि अवमूल्यन भएको भन्ने अर्थ लाग्दैन । त्यस्तो अर्थ लाउनु पनि हुदैन । मलाई कम्युनिस्ट पार्टीले मलाई अहिलेसम्म पार्टीले अवमूल्यन गरेको भन्ने मलाई लाग्दैन । किनभने पार्टीेले आवश्यकता देखेन, अरु नै साथी मभन्दा अब्बल देखिए होला, त्यसै कारण उहाहरुलाई दिइयो, हामीले जो उठे पनि जिताउन लागि प¥यौ, जितायौ पनि । म पार्टीमा निरन्तर लागिरहेको छु, धरानका सबैले देखिरहनु भएको छ म विहानदेखि बेलुकासम्म पार्टीमै हिड्छु । मेरो मकै बारी छैन, माछा पालन छैन, बाख्रा पालन छैन,भैसी पालन छैन, व्यापार छैन, उद्योग छैन, म निरन्तर नेकपा एमालेको पार्टीकै काम हिडिरहेको छु, त्यसो हुदा नेकपा एमालेलाई समृद्ध बनाउने काममा हिडिरहेको छु ।

● पार्टीबाट तपाईको नाम सिफारिस भइसकेको छ टिकट पाउने कुरामा कत्तिको विश्वास लागेको छ ?
–जब बहुदलीय व्यवस्था आइसकेपछि हामीले धरानमा स्थानीय निर्वाचन २०४९ सालमा लड्यौ,२०५४ सालमा पनि लड्यौ, त्यसको २० बर्षपछि ०७४ सालमा पनि लड्यौ, २०४८ सालमा भएको आम निर्वाचनको म भुक्तभोगी नै हु, ०५१ मा मध्यवर्दी निर्वाचन भयो, ०५६ मा फेरि आम निर्वाचन भयो, ०६४ सालमा पहिलो संविधान सभाको निर्वाचन भयो, ०७० मा अर्को संविधानसभाको निर्वाचन भयो, यी सबै निर्वँचनमा सक्रिय रहें, यी सबै निर्वाचनमा मेरो पनि धेरै भूमिका छ, मेरो भूमिका भएकोले अबका भएका लिडरहरुमध्ये त्यो क्षेत्रमा नपठाइएको, म वडा सदस्य पनि नभएको मान्छे, यत्रा अनुभव प्राप्त गरेको मान्छेलाइ पक्कै पनि पठाउछ भन्ने मलाई पूर्ण विश्वास छ । म भन्दा अनुभव प्रँप्त नभएका साथीभाई इस्टमित्रहरु धेरैले धेरै प्राप्त गरिसक्नुभयो,मैले पनि सबैको अध्ययन, अनुभव अभ्यास्त छु नि त , त्यसैले पनि मलाई पठाउछ भन्ने मेरो बुझाई छ ।

● तपाईको एजेन्डाहरुचाहि के के छन् त ?
– जसरी मेरो घरको कुना कुनालाई बुझ्छु त्यसरी नै धरानका समस्या र धरानका विकासका कुराहरु म ध्यानबहादुर जीलाई मेयर बनाउदा खेरिको पनि म नेता हु, मनोज मेन्याङ्बोलाई मेयर बनाउदा खेरिको पनि नेता नै हो, तारा जीलाई मेयर बनाउदा पनि नेता नै हो, यसकारण नेपाल कम्युनिस्ट पार्टीले धरानमा कस्तो खालको काम गर्न खोजिरहेको त भन्ने कुरा मैले अनुभव बटुलिसकेको छु । धरानका समस्याहरु अहिले पनि विद्यमान छन्, अहिले धरानमा खानेपानी समस्या अत्यन्तै विकराल छ, खानेपानी समस्याको सवालमा नेकपा एमाले अत्यन्तै गम्भीतपूर्वक लागेको छ तर अझै पनि जनता सन्तुष्ट छैनन्, यो क्षेत्रमा काम गर्नुपर्नेछ । धरानलाई पर्यटकीय हव बनाउने जुन कुरा छ पर्यटक धरान आउने स्थिति कसरी सिर्जना गर्न सकिन्छ् भन्ने सवालमा पनि हामीले चासो राख्न जरुरी छ । किनभन हामीलाई पर्यटकीय स्थल किन भन्नुप¥यो भन्दा धरान धार्मिक स्थल हो, धरानमा दन्तकाली, पिण्डेश्वरी, बुढासुब्बा रहेको छ यस्तै धरानमै विष्णुपादुका रहेको छ, यी यस्ता धार्मिक क्षेत्रहरु नेपालका सहरहरुमध्येको महत्वपूर्ण पाटो हो । यी पाटाहरुलाई कसरी व्यवस्थित गर्ने, अन्य धार्मिक स्थलसंगै धरामा धार्मिक पर्यटक कसरी भित्रयाउने कुराको सिर्जना गर्नुपर्छ । अर्को शैक्षिक क्षेत्र । शैक्षिक क्ष्ँेत्रको सवालमा पनि अहिले बर्षैपिच्छे धरानबाट नै सैयौको संख्यामा वकिलहरु उत्पादन हुन्छन्, सैयौको संख्यामा अंग्रेजीका विद्वान भएर निस्कन्छन्, पिण्डेश्वर क्याम्पसबाट नेपाली र संस्कृति विषयको विद्वान जन्मन्छन्, साहित्य क्षेत्रमा विद्वान भएर निस्कन्छन्, पूर्वाञ्चल इन्जिनियर क्याम्पस धरानमै छ, त्यहा पनि दक्ष जनशक्ति उत्पादन हुन्छन्, हात्तीसारबाट पनि उत्तिकै जनशक्ति उत्पादन हुन्छन्, यी सबै धरानबाट उत्पादन हुन्छन् । धरानमै पढ्नुपर्छ, धरानका .क्याम्पसहरु भनेको महत्वपुर्ण क्याम्पसहरु हुन्, त्यहा नानीहरुलाई पठाउदा खेरिचाहि सुरक्षित हुन्छन् भन्ने कुराको हामीले फिल गराउनुपर्छ । यी यस्ता कुराहरु नेपाल कम्युनिस्ट पार्टी एमालेले हिजैदेखि उठाउदै आएका छन्, यसलाई अझै व्यवस्थित गर्नुपर्नेछ । अर्को पाटो हामीले स्मार्ट सिटी बनाउछौ भनेका छौ, सिमार्टसिटी बनाउने शिलशिलामा बसपार्कको आधुनिक बसपार्क बनाउने भनेका छौं, यी सबै कुराहरुलाइ हामीले पूरा गर्नुपर्छ । पार्टीकी केन्द्रीय सदस्य एवम् कावा मेयर अहिलेको उपमेयरले बसपार्कको नेतृत्व गरिरहनु भएको छ, त्यो पाटोलाई हामीले दुरस्तता गर्नुपर्नेछ । अर्काे समय समयमा जनताले प्रश्न उठाइरहन्छन्, धरानका सहरहरु खाल्डाखुल्डी भए, चिल्लो भएन, सफा देखिएन, पाटाहरुलाई पनि धरानका सुन्दरतालाई कसरी कसी लाउनुपर्ने छ, बाहिरबाट आउनेका लागि धरान सुन्दर, स्वच्छ भएको हुनुप¥यो, धरानसंग गासिएका बजारहरुाई व्यवस्थित गर्नुप¥यो, स्मार्ट सिटी बनाउनु भनेको त्यही हो, जताततै तार छरिएको अवस्थामा छ । यसलाई व्यवस्थापन गर्नु जरुरी छ । अर्को कुरा सबैभन्दा महत्वपूर्ण कुरा नेकपा एमाले मजदुरहरुको पारिश्रमिक, हक अधिकारका क्षेत्रमा काम गर्छ । उनीहरुले रोजगार पाएका छन् कि छैनन्, धरानको मजदुर हो होइन भनेर पञ्जिकृत गर्न जरुरी छ । पञ्जिकृतको प्रारम्भ गर्न जरुरी छ, धरानमा विजुली फिट गर्ने मजदुर कति छन्, धरानमा इटा बँेक्न पर्खाल लगाउने मजदुर कति छन्, गाडी चलाउने मजदुर कति छन्, सिटी सफारी चलाउने मजदुर कति छन्, यी सबै मजदुरले धरान उपमहानगरपालिकालाई लगानी गरेका छन् उनीहरुका लागि स्थानीय सरकारले लगानी गर्नुपर्छ कि पर्दैन त ? मजदुरी काम गर्दा गर्दा मृत्यु भयो भने उसको उपचार कसले गर्ने, उसको काम गर्ने भनेको रहर हैन बाध्यता हो, यसैले पञ्चिकृत गर्दै स्थानीय सरकारले उनीहरुको रोजीरोटीदेखि लिएर दुर्घटना विमाका योजना बनाएर जानुपर्छ ।

● धरान उपमहानगरपालिकाको नेतृत्वमा रहदा एमालेले के त्यस्तो उल्लेख्य काम ग¥यो जस्तो लाग्छ यहालाई ?
–नेपाल कम्युनिस्ट पार्टी एमाले नै हो धरानलाई बनाउने सम्बन्धमा । किनभने धरानमा केही विकास नभएको समयमा ध्यानबहादुर राई मेयर भएपछि धेरै विकासका कामहरु भएका छन्,। ध्यानबहादुर राई आउनु भन्दा अगाडि यस्तो थियो कि रत्नचौकका सर्वसाधारणले बंगुरको मासु लिन आउनुप¥यो भने देशी लाइन आउनुपथ्र्यो, महादेवका सर्वसाधारणले बंगुरको मासु लिन आउनुप¥यो भने देशी लाइन नै आउनुपथ्यो, रागाको मासु किन्नुप¥यो भने रागाचौक पुग्नुपथ्र्यो, अहिले बजार एकीकृत भएर जाहा पनि पाइन्छ । बाटो घाटो कही कतै राम्रो थिएन, कच्ची बाटो, ढुंगैढुंगा थियो । धरानलाई आधुनिक सहर बनाउने भनेको नेकपा एमालेबाट नेतृत्व गरेर उपमहानगरमा पुग्नुभएका ध्यानबहादुर राईले नै हो । त्यसबेला उपमेयर मनोजकुमार मेन्याङ्बो थिए । त्यसबेला धरानमा उनीहरुको चर्चा धेरै थियो । मेयर र उपमेयर त धरानको जस्तो हुनुपर्छ भन्ने चर्चा चल्थ्यो, ०५४ सालमा मनोजकुमार मेन्याङ्बो मेयर भएर आएपछि मनोज मेन्योङ्बाले धरानमा एउटा छाप छोडेर जानुभयो । धरानको विकासको अर्को नाम मनोजकुमार मेन्याङ्बो । विगतमा भएको चुनावको कामको आधारमा २० बर्ष पछि अर्थात ०७४ सालको निर्वाचनमा पनि नेकपा एमालेले नै जितेको हो । त्यसबेला शानदार रुपमा तारा सुब्बा र मञ्जु भण्डारीले विजय प्राप्त गरे ।

● त्यसो भए मेयर तारा सुब्बाको निधन पछि भएको उप निर्वाचनमा किन नेकपा एमालेले पराजय भोग्नुप¥यो त ?
–तारा सुब्बाले गरेका कामलाई अहिले पनि धरानेहरुले सम्झिने गर्छन् । राम्रो काम गर्दा गर्दै पनि उपनिर्वाचन हार्नुको मुख्य कारण भनेको नेकपा एमालेका जनप्रतिनिधिहरुले काम नगरेका कारणबाट हारेको होइन । मेयरको निधनपछि मञ्जु भण्डारी कावा मेयर बन्नुभयो, उहाको खासै त्यति अनुभव थिएन, उपमेयर कावा मेयर भएर जानुभयो, उहा कावा मेयर भएर गएर पछि कामको सिलसिलामा सिक्दासिक्दै केही ढिला भयो, तर त्यही बेलामा निर्वाचन भयो, त्यसबेला करका दायराहरु बढाएसंगै करको दायरा पनि बढ्यो । त्यसबेला तिलक राईले म कर घटाइदिन्छु, खानेपानीको व्यवस्थापन गर्छु, खाल्डाखुल्डी सबे समाप्त पार्छु,भन्ने कुरालाई क्यास गरे । एमालेले पानी खुवाउने भनेर लागेकै हो, बसपार्कको कुरा हेर्नुस्, कावा मेयरले नै केन्द्रीय सरकारसंग छलफल आदि इतयादि गरेर धरानमा विशाल आधुनिक बसपार्क बन्दैछ । जलाधार क्षेत्र नेपाल कम्युनिस्ट पार्टी एमालेको उपमेयरकै नेतृत्वले उहाकै पहल कदमीले त्यहाको जग्गा फर्किदैन, अनि बाटो घाटोको विकास भएको छ । पहिला विजयपुर जादा समस्या थियो, पुरानो बजारको बाटो हेडिसक्नु थिएन, हामी असारमा खेतमा गयौ भने रुन मन लाग्छ नि त, तर मंसिरमा पुग्नुस् न तिनै धान लह लह हुदा कस्तो लाग्छ, निर्वाचनको समयमा पुरानो बजार बनाउदै गर्दा खाल्डाखुल्डीको बाटो खिचेर देखाएर चुनावी एजेन्डा बनाए, तर त्यो बाटो राम्रो छ अहिले । काम हिजोदेखि अहिलेसम्म नेकपा एमालले काम निरन्तर गर्दैछ ।

● स्थानीय चुनावमा सत्ता गढबन्धनसंग एक्लै प्रतिष्र्धा गर्र्दैहुनुहुन्छ ? चुनौति कतिको छ त ?
–जो जो मिले पनि धराने जनताले के बुझेका छन् भने नेकपा एमाले धरानको विकासप्रेमी पार्टी हो, गठबन्धनका पटक पटकका अभ्यासहरु छन्, विगतमा पनि नेकपा एमाले एकापटि भएर पनि लडेकै हो, धरान त नेकपा एमालेको जग नै हो, जग भएकै कारणले धराने जनाताले भोट नदिने कुरै भएन । राष्ट्रिय राजनीति, प्रदेशीय राजनीतिको कुरा, स्थानीय राजनीतिको कुरा गर्नुस् । नेकपा एमालेले काम गरकै छ । मेयरको रुपमा तिलक राई आएपछि चाहि के काम भयो त ? उहाले त भन्नुभएको थियो नि त यो गर्छु त्यो गर्छु भन्नुभयो तर केही काम भएकौ छैन, अहिले धराने जनताले हामीले रिसाएर पो भोट दिएछौ भन्ने परेको छ, अहिले माओवादीको पनि, कागे्रसको पनि एमालेमा प्रवेश गरेका ग¥यै छन् । धरानमा हाम्रा् जनाधार बलियो भएको छ । अहिले पार्टीको वैचारिक लडाई पनि सकिएको छ । आन्तरिक द्वन्द्व पनि छैन, पार्टीको विधान महाधिवेशन पनि गरिसकियो, नगर, जिल्ला कमिटीको पनि टुंगो लागिसकेको छ, पार्टीमा अहिले कुनै खटपट छैन । यसपटक मेैेले नै टिकट पाउने धेरै सम्भावना छ, यसपटक पनि हामी निर्वाचत जित्छांै ।

● त्यसो भए टिकट पाउनेमा तपाई कतिको ढुक्क हुनुहुन्छ ?
–हिसाबको फर्मुला सही ग¥यो भनेमात्रै मिल्छ, सही गरेन भने मिल्र्दैन । हाम्रा आदरणीय नेताहरु दैनिकी धरानमा आउनुहुन्छ । प्रदेशका नेताहरु, भोजपुर जिल्लाका नेताहरु, धनकुटा जिल्लाका नेताहरु,मोरङका नेताहरु आइरहनु भएको छ । धरानमा वास्तविक जित्ने नेता को हो ? हार्नु हुदैन, अध्यक्ष केपी ओलीले भनिरहनु भएको छ कि जसरी भएपनि देशभरिका स्थानीय तहमा ५० प्रतिशत जीत हासिल गर्नुपर्छ, धरान त हिजोदेखि जित्दै आएको हो, धरानमा जोकोही उमेद्वार उठाइयो भने हारिन्छ, फर्मुला पुट गर्ने शिलशिलामा उहाहरुले हेरिरहनु भएको छ, हेर्ने शिलशिलामा मेरो काम गराई आदिमा कसैले ठेस पु¥याएका छैनन्, पार्टीमा निरन्तर हिडिरहेको छु, कामको आधारमा पार्टीले मलाई लाग्छ धराने जनताले जित्ने मध्येको एक हो भन्ने मुल्यांकन गरेका छन । मलाई मुल्यांकन गरेर भए पनि टिकट पाउछु भन्ने मलाई विश्वास छ ।
● तपाईको जित्ने आधार के के छन् त ?
–मेरो जित्ने आधारहरु धेरै छन् । मेरै पार्टीििभत्र कमरेड मनोजकुमार मेन्याङबोजस्तो, कृष्णकुमार राई, कुन्ता शर्मा, हिजोका जनप्रतिनिधि, हिजोका मेयरहरु, माननीय जयकुमार राई, उपमेयर मञ्जु भण्डारी, विष्णुकुमार राई जस्ता हस्ती हस्ती हुनुहुन्छ मेरो लागि उहाहरु जनताको घरघरमा जानुहुन्छ । नेतृत्व गरेर हिड्नुहुन्छ उहाहरु । उहासंगको अनुभव छ, पार्टीभित्र इनद्रबहादुर राई, रमेश बस्नेत, नारायण सुवदी, राजमणि निरौला, हर्क एभेङ, प्रकाश राई, किशोरकुमार कार्की, मिनकुमार सुब्बा लगायतले मलाई सपोर्ट गर्नुहुन्छ । यो पनि मेरो जित्ने आधार हो ।

मतदानबाट विद्यार्थीह ...

इटहरी/ इटहरी स्थित एक बिद्यालयमा मतदानबाट विद्यार् ...

एमाले सुनसरीको आठौ ज ...

धरान । नेकपा एमाले सुनसरीको आठौं अधिवेशन शनिबारदेखि इटह ...

एमाले सुनसरीको आठौं ...

धरान/ आसन्न नेकपा एमाले सुनसरीको आठौं अधिवेशनबाट उ ...

सुनसरी एमालेको आठौं ...

धरान/ शनिबारदेखि सुनसरीको इटहरीमा सुरु हुने नेकपा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved