‘धरानेले यसपटकको चुनावमा हामीलाई साथ दिन्छन्’

  • चैत्र १५, २०७८
  • कोशीपत्र/संवाददाता
alt

धरानका दलर्मदन कामीले नेपालको राष्ट्रिय राजनीतिमा पहुँच वढाएका छन् । उनी हाल जनता समाजवादी पाटीको केन्द्रीय सदस्य हुन् । संयुक्त जातीय मोर्चाबाट राजनीतिमा भूमिगत रुपले उदाएका कामी हाल केन्द्रीय राजनीतिमा सक्रिय छन् । १ नम्बर प्रदेश सिल्पी विशेष प्रदेश राष्ट्रिय समितिका अध्यक्ष समेत रहेका कामीसँग कोशी पत्र दैनिकले गरेको कुराकानीको सारसंक्षेप ः

● सरकारले स्थानीय तहको चुनावको मिति तोकेपछि देशैभरका स्थानीय तहमा रहेका राजनीतिक पाटीलाई चुनाव लाग्न थालेको छ, तपाईको पाटी चाहिँ के गर्दैछ ?
      अवस्य पनि हाम्रो पार्टीलाई पनि चुनाव लागेको छ । चुनावको सन्दर्भमा भन्ने हो भने वर्तमान सरकारको गठवन्धन नै केन्द्र, प्रदेश र स्थानीय तहसम्म कायम राखेर प्रतिगमन शतिmको परास्त गर्ने प्रमुख लक्ष्य रहेको छ । स्थानीय तहदेखि माथिल्लो निकायमा उत्पीडित दलित वनाइएका सिल्पी समुदायको अल्पसंख्यक सीमान्तकृत लगायतका जाति समुदायको राज्य सत्तामा कसरी पहँच पु¥याउने र सरकारमा कसरी सहभागिता गराई नेतृत्व गराउन हाम्रो पाटी लाग्ने छ । आगामी चुनावमा हाम्रो भन्दा पनि राम्रो जनप्रतिनिधी भन्ने कुरालाई विशेष प्राथमिकता दिने छ ।

● भनेपछि अवको चुनावमा गठवन्धन गर्नको लागि अन्तिम तयारी नै भइसकेको हो त ?
      अहिले जसपाको उम्मेद्धवारको लागि स्थानीय तहमा रहेका पाटी नेताहरु आन्तरिक तयारी गर्दै हुनुहुन्छ । गठवन्धनको लागि स्थानीय स्तरमा सम्भावित विजय क्षेत्रमा हाम्रो पाटीले नेतृत्व लिने गरी तयारी गरेको छ । यो महिनाको अन्तिम सम्ममा गठवन्धनको लागि टङ्गो लाग्छ । तर कहाँ कसरी गठवन्धन गर्ने भनेर स्थानीय तहका नेतालाई जिम्मेवारी दिएको छ भने त्यसका लागि केन्द्रीय सदस्यले समन्वयकारी भुमिका खेल्ने छ ।

● अवको स्थानीय तहको चुनावमा तपाईको पार्टीबाट सम्भावित उम्मेद्धवारचाहि धरानबाट को को छन् त ?
      धरानको सवालमा अहिले निरन्तर वैठक र छलफलहरु भइरहेका छन् । अहिले हाम्रो पार्टीले भुगोलमा स्थानीय पार्टीसँग चुनावलाई प्रभावकारी वनाउनको लागि केन्द्रबाट सबै केन्द्रीय सदस्यहरुलाई गाउपालिका, महागनर, उपमहानगरमा खटाएका छ । त्यही अनुरुप म यतिवेला धरानमा छु । स्थानीय तहको चुनावको लागि धरानमा सम्भावित उम्मेद्धवारकै विषयमा छलफल र वैठकहरु भइरहेका छन् । हाल धरान उमहानगरको मेयर पदको उम्मेद्धवारको लागि नगर अध्यक्ष ताजुव लिम्वू र शशी विश्वकर्मा छन् । वडाहरुको उम्मेद्धवारको टुंगो लगाउने क्रम जारी छ । हालसम्म धरान वडा नम्रब ५,७,८,११,१५ र १९ को उम्मेद्धवार तय भइसकेको छ । चैत २० गतेसम्म वडा सहितको नामावाली हामी सार्वजनिक गर्ने छौ ।

● चुनाव जित्ने आधारचाहिँ के छ, सम्भव छ त ?
      जनता नै हुन् । अव जनताहरु विगतका पाटीको रणभूमिमा फँस्दैनन् । जनता आफँै सचेत छन् । हाम्रो पाटी पहिचान सहितको अधिकार, पूर्ण समानुपातिक प्रणालीको माग राखेर सबैको सह अस्तित्व सहित अघि वढेको र धरानका जनताले साथ दिन्छन् ।

● तपाईहरुको चुनावी एजेन्डा चाहिँ के के हुन सक्छन त ?
      हामी चुनावमा खोक्रो आदर्शको मात्रै कुरा गर्दैनौ । वोलेका कुरा पुरा गर्छौ । धरानका भुमिहीन, सुकुम्वासी र अव्यवस्थित वसोवास गर्नेहरुलाई व्यवस्थित गर्न नै हाम्रो पाटीको प्रमुख काम हुने छ । उनीहरुलाई धनीपूर्जा दिलाएर स्थायी वसोवासको ग्यारेण्टी गर्ने छ । खानेपानीको प्रमुख समस्या समाधानको लागि दीर्घकालीन समाधान गर्ने, धरानको पर्यटन क्षेत्रलाई थप सम्भावनाहरुको खोजी गरस् विशेष योजना वनाएर सवैको आकर्षणको केन्द्र वनाउने छौ । साथै उत्पीडित र पछि पारिएको जात जासत र समुदायको हक र अधिकार र सीप –कलाको प्रवद्र्धन गर्ने र भ्रष्टचार मुतm धरान वनाउने छौ । दक्षिण एसियाकै नमूना अस्पताल जुन अहिले धरासायी अवस्थामा पुगेको छ, वीपी अस्पताललाई हाम्रो पाटीले अन्तराष्ट्रिय स्तरकै नमुना अस्पताल वनाउने छ ।

● तपाइको पाटीले पहिचानको मुद्धालाई कमजोर वनाएको हो ?
      होइन । पहिचानको मुद्धा कमजोर भएको छैन । शशक्त वनाएर अघि वढेका छौ । तपाईले डा. बाबुराम भट्ट।ाई आएपछि पहिचानको मुद्धा कमजोर भएको भनेर इंगित गर्नु भएको होला तर एउटाको पहिचानलाई सम्मान गदैै अर्काको पहिचानलाई पनि सम्मान गर्नु पर्छ नी होइन र ? हाम्रो पाटीको प्रमुख मुद्धा भनेको अहिलेको संघीयताले जनताको मागलाई संवोधन गर्न सक्दैन । त्यहीँ कारणले पाटीले सात प्रदेशलाई मान्यता दिर्दैन । त्यर्ही कारणले हाम्रो पाटी १०+१ प्रदेश हुनुपर्छ भनेर ससतm आन्दोलन गरिरहेको छ । यो आन्दोलन आझेलमा छ तर चुनावपछि १०+१ का लागि ससतm रुपले अघि वढ्छु ।

● १०+१ प्रदेश भनेको चाहि के हो ? किन ७ प्रदेशको विरोध गर्नु भएको हो ?
      यसलाई प्रष्ट पार्न पर्छ । पहिचान र सामाथ्र्यको आधारमा १०+१ प्रदेश हुनु पर्छ । +१ भनेको चाहिँ सिल्पी समुदाय(दलित) लाई राजनीति नेतृत्व सहितको राज्य सत्तामा प्रत्यक्ष अभ्यासका लागि गैर भौगोलिक प्रदेशका रुपमा सरकार वनाउँदै अधिकार प्रत्याभुति गर्न गराउन लिएको रणनीति हो । यसलाई नै १०+१ भनेर हाम्रो पाटीले ल्याएको हो ।

● अहिलेको संघीयता नै धरापमा परिरहेको अवस्थामा फेरी तपाईको पार्टीको यो अवधारण कसरी सम्भब होला त ?
      यो संघीयताले मुलुकले थेग्न सक्दैन भन्ने कुरा भ्रम हो । संघीयताले देशलाई भार होइन,उत्पीडित क्षेत्रका जनताको पहिचान र अधिकार सुनिश्चित गर्छ । केन्द्रिकृत सता र शतिmलाई विकेन्द्रिकृत गरेर अधिकार स्थानीय स्तरमा जान्छ । तर हिजोदेखि एकाधिकार जमाउँदै आएको सत्ता र शतिmको दुरुपयोग गर्दै राज्य सत्ताको दोहोन गर्ने र जनता अनि राष्ट्रलाई नै खोक्रो वनाउन पल्किएका एकल अन्ध जातीवादी र तथा कथित उच्च व्राम्हणवादका नश्लिय चिन्तनको कारण संघीयतामा देशलाई अघि वढ्न दिएन भनेर भ्रम फैलाएका छन् । जसपा पाटीले खण्डन गर्दै संघीयताले नै जनताको अधिकार प्रत्याभुति गर्छ भन्ने उदाहरण दिन्छ भन्ने कुरा जनतालाई वुझाउँछौ । त्यसैले अव आउँदै गरेको चुनावमा त्यस्ता संघीयता र धर्म निरपेक्षताको विरोधीलाई परास्त गरेर पहिचान, अधिकार र पूर्ण समानुपातिक प्रणालीको ग्यारेण्टी गर्दै जनताको अधिकार सुनिश्चित गर्न गराउन पनि तपाईको लोकप्रिय कोशीपत्र दैनिक मार्फत म आम धरानवासीलाई चुनावमा विजयी गराउन हार्दिक अनुरोध गर्दछु ।

मतदानबाट विद्यार्थीह ...

इटहरी/ इटहरी स्थित एक बिद्यालयमा मतदानबाट विद्यार् ...

एमाले सुनसरीको आठौ ज ...

धरान । नेकपा एमाले सुनसरीको आठौं अधिवेशन शनिबारदेखि इटह ...

एमाले सुनसरीको आठौं ...

धरान/ आसन्न नेकपा एमाले सुनसरीको आठौं अधिवेशनबाट उ ...

सुनसरी एमालेको आठौं ...

धरान/ शनिबारदेखि सुनसरीको इटहरीमा सुरु हुने नेकपा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved