पाँच मिनेटमा आउछु भनेर मुख्यमन्त्री कार्यक्रममै गएनन

  • कार्तिक २५, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

इटहरी / इटहरी र सुन्दरहरैचा नगरपालीकालाइ जोडने बुढीगंगा जमुना मुक्तिघाट परिसरमा लगाइएको छैठ पर्वको समुदघाटन समारोहलाइ प्रमुख अतिथिको रूपमा सम्बोधन गर्न एक नं प्रदेशका मुख्यमन्त्रीले आउछु भनेर कार्यक्रम स्थल नपुगी बाटैबाट फर्किएका छन ।

कार्यक्रम समुदघाटन र सम्बोधन गर्नकै लागि मुख्यमन्त्री राइ इटहरीसम्म आएका थिए तर कार्यक्रम स्थल नपुगी उनी एकाएक फर्किएपछि आयोजक पक्ष र अन्य अतिथिहरू पनि रूस्ट बनेका थिए । ५ मिनेट अघि सम्म त बाटैमा छु भन्नुभएको थियो तर फेरी अचानक बिशेष कामले आउन पाइन सरी भन्नुभयो आयोजक मध्येका एकले आफ्नो नाम नबताउने सर्तमा कोशीपत्रलाइ बताए ।

कोरोना सन्त्रासका कारण बिगत २ वर्ष देखि खल्लो बनेको पर्व यो वर्ष औपचारिक रूपमा भव्य र सव्य बनाउन छैठ पर्व सेवा समिति इटहरीले विभिन्न सांस्कृतिक कार्यक्रमहरूको आयोजना गरेको थियो । उक्त कार्यक्रमको प्रमुख अतिथि एक नं प्रदेशका मुख्य मन्त्री राजेन्द्र कुमार राइ तय भएका थिए । मुख्यमन्त्री राइ पनि सोही कार्यक्रमकै लागि भनेर इटहरी आएसकेका थिए ।

दिउसो ३ बजे इटहरीका पत्रकारहरूसाग कुरा गरेर ५ बजे कार्यक्रम स्थल पुग्ने र छोटोमिठो सम्बोधन गरेर फर्कने तय भैसकेको कार्यक्रम बीचैमा स्याडुअल परिवर्तन गरी मुख्यमन्त्री राइ कार्यक्रम स्थल नपुगी फर्किएका थिए ।

स्रोतका अनुसार कार्यक्रम स्थलमा एमाले कार्यकता हावी भएको मुख्यमन्त्री राईलाई जानकारी पुगेपछि उनी सो स्थल नपुगी फर्किएको छैठ पर्व समितिक एक सदस्यले बताए । मुख्यमन्त्री राइ कार्यक्रम स्थल नपुगेपछि अन्तत ःनेपालका प्रथम जगतगुरू बालसन्त मोहन शरण देवाचार्यलाइ प्रमुख अतिथि बनाएर कार्यक्रम सुभारम्भ गरिएको थियो ।

त्यस्तै कार्यक्रमका विशिस्ट अतिथि एक नं प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कि कार्यक्रम स्थलमा पुग्ना साथ सम्बोधन गरेर फर्किएका थिए । कार्यक्रम छैठ पर्व सेवा समिति इटहरीका अध्यक्ष वासुदेव साहको सभापतित्वमा सम्पन्न भएको थियो ।

धरान मेघा हिमालयनमा ...

धरान/ धरान १२ मा अवस्थित मेघा हिमालयन कलेजले राष्ट ...

श्रीमतीलाई रडले घोचे ...

बिर्तामोड/ झापाको बिर्तामोड नगरपालिका–५ अन्न ...

ट्याक्टरसँग मोटरसाइक ...

झापा/ झापाको कनकाई नगरपालिका–५ तुलसीवारीस्थि ...

कक्षा १२ को नतिजा सा ...

काठमाडौँ/  राष्ट्रिय परीक्षा बोर्डले गत वैशाख ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved