‘सामाजिक सदभाव पर्वको छठ’

  • कार्तिक २४, २०७८
  • "गोविन्द बस्नेत"
alt फाइल फोटो

धरान\ पछिल्लो समय हरेक पर्व नेपालीहरुको राष्ट्रिय पर्व बन्दै गएका छन् । विगतमा मधेशी समुदायलेमात्र धुमधामका साथ मनाउदै आएको छैठ पर्व अहिले पहाडी समुदायभित्र रहेका हरेक जातजातिले छैठ पर्व मनाउन थालेका छन् ।

धरानमा समेत यो पर्व राष्ट्रिय पर्वको रुपमा मनाउन थालिएको छ । विगतमा दुई चार जना मधेशी समुदाय सेउती तथा सर्दु खोलामा गएर छैठ पर्व मनाउने गर्दथे । अहिले यो पर्व सबैको पर्व बन्न थालेपछि छैठपर्वलाई भव्यताका साथ सम्पन्न समिति नै बन्न थालेका छन् । यसलाई सकारात्मक रुपमा लिन सकिन्छ । समग्रमा भन्दा छैठ पर्वले धार्मिक तथा सामाजिक सद्भावलाई बढाएको छ ।
छैठपर्व आउन एक दिन अगाडि धरानमा सेउती र सर्दु खोला झकिझकाउन हुन थालेका छन् । छैठलाई भव्यता र उत्साहका साथ मनाउन स्थानीय सरकार धरान उपमहानगरपालिकाले समेत चासो बढाउदै गएको छ ।

अराध्यदेव सूर्यको उपसना गरी बनाउने छैठ पर्व यस बर्ष बुधबार अस्ताउदो सूर्यलाई र विहीबार उदाउँदो सूर्यलाई अर्घ दिई मनाइदैछ ।
जति जति समावेशी पर्व बन्दै गयो त्यति त्यति छठ पर्वको महिमा प्रत्येक बर्ष चुलिदै गएको छ । गत बर्ष कोरोना महामारीका कारण छैठ पर्व मनाउन नपाएका सर्वसाधारण यस बर्ष धरानमा छैठ पर्व मनाउनेको संख्यामा बृद्धि हुने देखिएको छ ।

धरान १५ की सरस्वती भुजेलले केही बर्षदे िसेउती खोलामा गएर छठ पर्व मनाउन थालेको थालेको १२ बर्ष भएको बताउछिन् । पछिल्लो समय पहाडी मधेशी समुदाय एकै ठाउमा बसेर छठ पर्व मनाउने परम्पराले सामाजिक सद्भाव बढेको भुजेलको भनाई छ । गत बर्ष कोरोना सक्रमणका कारण मनाउन नपाइएकी भुजेल यस बर्ष उत्साहित छिन् । उनी भन्छिन्–‘छठ पर्व मनाउन थालेपछि परिवारमा सुख शान्ति मिलेका कारण बर्षेनी छठ पर्व मनाउन थालेकी हुँ ।’

त्यसो त सबैले छठ पर्व मनाएको देखेर परिवारकासाथ पहिलो पटक दुई बर्ष अगाडि छैठ पर्व मनाउन सेउती खोलामा भेटिएकी धरान ३ की उषा मास्के समेत यस बर्ष छैठ पर्व धुमधामसँग मनाउने सोचमा छिन् । उनी भन्छिन्–‘ नेपालका हरेक चाडपर्व राष्ट्रिय चाडपर्व भएकोले चाडपर्व कुनै जाति विशेषको हुदैन सबैले एकै ठाउँमा धुमधामका साथ मनाउनु पर्छ । उनी भन्छिन्– चाडपर्व कुनै जाति विशेष, वर्ग तथा समुदायको पेवा हैन सबै वर्ग, समुदाय, जाति एकै ठाउमा बसेर छठ पर्व मनाउदा आपसी सद्भाव बढेर जान्छ ।’ सर्वसाधारण उत्साहित बनिरहँदा धरानको सेउती र सर्दु खोलामा समिति नै बनाएर मनाउने तयारीमा सबै जुटेका छन् । बर्षेनी छठ पर्वको रौनकता थपिएसंगै छठ पर्व मान्नेहरुको संख्यामा समेत उल्लेख्य वृद्धि भएको छ । बुधबार अस्ताउदो सूर्यलाई पूजा गर्ने ्र विहीबार विहान उदाउदो सूर्यलाई पूजा गर्न मधेशी समुदायसंगै एकै ठाउमा पहाडे समुदाय मिलेर छैठ पर्व मनाउने तयारीमा सर्वसाधारण रहेका छन् ।

त्यस्तो त छठ पर्व सबै समुदाय, जातजातिको साझा पर्व भएसंगै अहिले सामाजिक सद्भाव झन दरिलो बन्दै गएको विगतका बर्षहरुमा छठ पूजा आयोजक समितिका सचिव भएर छैठ पर्व सम्पन्न गरेका रौधी साहको भनाई छ । उनी भन्छन्–‘विगतमा तराईमा मात्र सीमित यो पर्व अहिले राजधानी काठमाण्डौमात्र हैन पूर्वी पहाडी जिल्ला तथा हिमालका क्षेत्रहरुमा यो पर्व मनाउन थालिएको छ, यसले नेपालीहरुमात्र एक आपसमा आत्मीयता गाँस्दै सामाजिक सद्भाव दह्रिलो बन्दै गएको स्पष्ट हुन्छ ।’
यसरी सबै चाडपर्व साझा पर्व बन्दै आपसी सद्भाव बढेसंगै स्थानीय सरकारले समेत चासो दिन थालेको छ । यो पर्वले तराई, मधेश र पहाडमा बसोबास गर्ने सर्वसधारणलाई नजिक ल्याएको छ । नेपालका हरेक चाडपर्व राष्ट्रिय रुपमा मान्यता पाउदै जानु सकारात्मक पक्ष हो । विविधताबीच एकताको सन्देश प्रवाह भएको महसुस सबैमा भएको छ ।

धरान मेघा हिमालयनमा ...

धरान/ धरान १२ मा अवस्थित मेघा हिमालयन कलेजले राष्ट ...

श्रीमतीलाई रडले घोचे ...

बिर्तामोड/ झापाको बिर्तामोड नगरपालिका–५ अन्न ...

ट्याक्टरसँग मोटरसाइक ...

झापा/ झापाको कनकाई नगरपालिका–५ तुलसीवारीस्थि ...

कक्षा १२ को नतिजा सा ...

काठमाडौँ/  राष्ट्रिय परीक्षा बोर्डले गत वैशाख ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved