विप्लव समूहद्वारा हत्या गरिएका शिक्षकको मधुमल्लामा सदगत

  • मंसिर २५, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

विराटनगर । नेत्र विक्रम चन्द ‘विप्लव’ समूहका कार्यकर्ताले हत्या गरेका शिक्षक राजेन्द्र श्रेष्ठको सदगत गरिएको छ ।
मिक्लाजुङ गाउँपालिका वडा नं ७ स्थित नुनसरी खोलामा विहीबार अन्त्येष्टि गरिएको हो । श्रेष्ठको पार्थिव शरीरमा छोरा छत्रबहादुरले दागबत्ती दिएका छन । मिक्लाजुङको विकट क्षेत्रमा विप्लवका कार्यकर्ताले घरबाटै अपहरण गरी शिक्षक श्रेष्ठको घाँटी रेटेर मंगलबार हत्या गरेका थिए ।

श्रेष्ठको अन्त्योष्टिमा नेकपामा केन्द्रीय सदस्य, संघीय र प्रदेश सांसदसहित राजनीतिक व्यक्तित्वहरुको समेत सहभागिता थियो । श्रेष्ठलाई संघीय सांसद घनश्याम खतिवडा, नेकपा केन्द्रीय सदस्य गुरु बराल, प्रदेश १ का सांसदद्वय कुलप्रसाद लिम्बु ‘कुशल’ र उपेन्द्र घिमिरे, मिक्लाजुङ गाउँपालिका अध्यक्ष देवीप्रसाद आचार्यलगायतले घाटमै श्रद्धाञ्जली दिएका छन ।

प्रदेश १ सांसद कुलप्रसाद साम्बा लिम्बूले हत्या गरेका शिक्षक श्रेष्ठलाई सहिद घोषणा गर्न माग गर्दै भने,“घटनामा संलग्नलाई कडा कार्वाही गरिनुपर्छ ।” मिक्लाजुङ क्षेत्रमा सशस्त्रको बेसक्याम्पस राख्न स्थानीयले माग गर्दै आएका छन ।

पार्टीका नेता कार्यकर्ताविरुद्ध श्रेष्ठले सुराकी गरेको आरोप लगाउँदै विप्लव समूहले हत्याको जिम्मेवारीसमेत लिएको छ ।

शिक्षक श्रेष्ठ श्रीमती सहित बर्खेस्थित घरमा बस्दै आएका थिए । छोरा छत्रबहादुर र छोरी भने मधुमल्लामा बस्ने गरेका थिए । घटनापछि संयुक्त सुरक्षा फैजले मिक्लाजुङ श्रेत्रमा सर्च अभियान चलाई रहेको छ ।

कोशी प्रदेशको पर्यटन ...

धरान/कोशी प्रदेशका सम्भावनायुक्त पर्यटकीय गन्तव्यहरूमा ...

६४ वर्षीय युक्ति चौध ...

धरान/बराहक्षेत्र नगरपालिका–८ तीनकुनेका ६४ वर्षीय ...

'अपरेशन सिन्दूर' शीर ...

काठमाडौं/  भारतीय सेनाले मे ७ मा पाकिस्तानका ...

चेक बाउन्ससम्बन्धी न ...

काठमाडौं/ चेक बाउन्ससम्बन्धी मुद्दामा अबदेखि सर्वसाधारण ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved