धरान/ प्रदेश नं १का मुख्य मन्त्री शेरधन राईले उदयपुरको बेलका नगरपालिकामा खसी बोका संकलन केन्द्र सहित ९ वटा सरकारी कार्यलयको भवन उद्घाटन गरेका छन् ।
मुख्य मन्त्री राईले आज वडा नं ८ मा रहेको झोलुङे पुल , वडा नं ५ र ४ को कार्यलय ,वडा ४मा रहेको कोभिड अस्पताल , वडा नं६को सम्पर्क कार्यलय, रामपुर बजारमा रहेको सिटिहल ,महिला सुरक्षा आवास केन्द्र , अदिवासी जनजाति भवन लगायतका कार्यलयको भवन उद्घाटन गरेका हुन् ।