छथर गाउँपालिकाद्वारा अपाङ्गता दिवसको अवसरमा ६ जना फरक क्षमता भएका ब्यक्तिहरु पुरस्कृत

  • मंसिर २३, २०७७
  • "सन्तोष रुचाल"
alt

धनकुटा÷ छथर गाउँपालिका धनकुटाले ६ जना फरक क्षमता (अपांगता) भएका ब्यक्तिहरुलाई सम्मान तथा पुरस्कृत गरेको छ ।

गाउँपालिकाले २९ औ अपाङ्गता दिवसको अवसरमा आफ्ना पालिकाका प्रत्येक वडाबाट एक÷एक जनालाई सम्मान गरेको हो । गाउँपालिकाले एक सम्मान कार्यक्रमको आयोजना गरेर एक उद्योगी, दुई बिद्यार्थी र तीन कृषकलाई सम्मान तथा पुरस्कृत गरेको हो ।

सम्मानित तथा पुरस्कृत हनेहरुमा वडा नं. १ र ५ का बिद्यार्थीहरु रिता कटुवाल र यशोदा लिम्बू, वडा नं २, ३ र ६ बाट कृषक भद्रबहादर बाजिम्पाक (मगर), लक्ष्मीदेवी लिम्बू र सिरबहादुर काप्mले र वडा नं.४ का ब्यबसायी झप्टबहादुर लिम्बू रहेका छन् ।

गाउँपालिकाका अध्यक्ष शेरबहादुर लिम्बू र अपांग समन्वय समिति छथर जोरपाटी गाउँपालिकाका संयोजक तथा पालिका उपाध्यक्ष भीमकला श्रेष्ठले उनीहरुलाई सम्मान गरेका थिए ।

सम्मानित तथा पुरस्कृत ६ जनालाई नगद, प्रमाण–पत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो । सो अवसरमा बोल्दै गाउँपालिकाका अध्यक्ष शेरबहादुर लिम्बूले अपांङ्गता रोकथाम र अपांग पुनःस्थापना सम्बन्धी गाउँपालिकाले गरेको कामको बिषयमा गराएका थिए ।

कार्यक्रममा समुदायमा आधारित अपांङ्ग पुनःस्थापना कार्यक्रमका सहजकर्ता प्रदिप ओझाले अपांगताका बिषयमा चर्चा तथा लागु हुन लागेको अपाङ्गता पुुनःस्थापना कार्यक्रमका बारेमा जानकारी गराए ।

 

तरहरा इटहरी लायन्सको ...

इटहरी । तरहरा इटहरी लायन्स क्लबको अध्यक्षमा पवन अधिकारी ...

चटयाङले श्रीमान आइस ...

धरान । भोजपुर आमचौकमा एकै परिवारका तीन जनालाई चटयाङ लाग ...

प्रधानमन्त्रीलाई दवा ...

धरान/ नेपाल सरकारले बीपी कोइराला स्वास्थ्य विज्ञान ...

राष्ट्रिय नृत्य रिया ...

धरान/ धरानकी नृत्य कलाकार इचिङ्ग्सा लिम्बु राष्ट्र ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved