धरानको पहिलो चौमासिक निराशाजनक: कुल बजेटको १६ प्रतिशतमात्रै खर्च

  • मंसिर २३, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । अल्पमतका मेयर र बहुमतको उपमेयर सहित कार्यपालिका सदस्यहरु बिच हुने आन्तरिक द्वन्दले धरान उपमहानगरपालिकाको बजेटनै प्रभावित भएको छ । एका तिर असार २८ गते नगरसभाले पारित गरेको निति तथा कार्यक्रम अहिले सम्म प्रमाणित हुन सकेको छैन् भने अर्को तिर नयाँ योजनाहरु नै कार्यान्यवनमा आउन सकेको छैन् ।

निति तथा कार्यक्रम कार्यान्यवनमा ढिलाई हुँदा धरानको पहिलो चौमासिक खर्च निराशाजनक रहेको छ । पहिलो चौमासिक सकिदा धरान उपमहानगरपालिकाले कुल बजेटको १६ दशमलव ४२ प्रतिशत मात्रै खर्च गर्न सकेको छ । विभाजन गरिएको चौमासिक अनुसार पहिलो चौमासिकमा ३३ प्रतिशत खर्च हुनुपर्ने हो । तर चालु वर्षको पहिलो चौमासिक खर्च कुल बजेटको २६ करोड ६० लाख ८६ हजार ३१ रुपैया खर्च भएको छ ।

धरान उपमहानगरपालिकाका लेखा महाशाखा प्रमुख भेषराज अधिकारीका अनुसार पुँजिगत तर्फ १३ दशमलव ६६ प्रतिशत मात्रै खर्च गर्न सकेको छ भने चालुखर्च १९ दशमलव २३ प्रतिशत मात्रै खर्च भएको छ ।

कुल चालु खर्चको १७ करोड ८० लाख २६ हजार १ सय २४ रुपैया ९० पैसा खर्च गरेको छ भने पुँजिगत खर्चको ८ करोड ७९ लाख ५९ हजार ९ सय ६ रुपैया ५० पैसा रहेको छ । वित्तिय व्यवस्था खर्च तर्फ १ लाख रुपैया रहेको छ ।

उपमहानगरले असार २८ गते १ अर्ब ७२ करोड ३५ लाख ४३ हजारको बजेट, निती तथा कार्यक्रम पारित गरेको थियो । चालु खर्च तर्फ १ अर्ब ८० लाख ८१ हजार १९ रुपैया रहेको छ भने ७९ करोड १३ लाख ८६ हजार ९ सय ८१ पुजिँगत खर्च विनियोजन गरेको थियो ।

उपमहानगरले दररेट ढिलो स्वीकृत गरिदिएकाले पनि बजेट कार्यान्यवनमा ढिलाई भएको लेखा महाशाखा प्रमुख अधिकारीको भनाई छ । उनका अनुसार पहिलो चौमासिकमा भएका खर्चहरु अघिल्लो वर्षका योजनाहरुका भुक्तानी वापत भएका हुन् ।

अघिल्लो वर्ष भुक्तानी गर्न नसकिएका करिब सय वटा भन्दा बढी योजनाको खर्च भुक्तानी भएको उनले बताए । नयाँ योजनाहरुमा कुनै पनि खर्च गर्न सकेको छैन् । पहिलो चौमासिकमा भएको खर्च अनुसार लक्ष्य पुरा गर्न नसकिने उनले बताए ।

उनले भने, ‘गत वर्षको बाँकी रहेको भुक्तानी दिएका छौं, नयाँ योजना छैन्, ३३ प्रतिशत खर्च हुनुपर्ने हो, १६ प्रतिशत आधा मात्रै छ ।’ संघीय, प्रदेशको खर्च भन्दा धरान उपमहानगरपालिकाको ठिकै रहेको उनको भनाई छ । शुरुको चौमासिकमा खर्च कमै हुने गरेको उनले बताए । उनले भने, ‘दशै तिहारले पनि प्रभाव पार्यो, त्यसमा कोरोनाका कारण पनि समस्या भयो ।’

चालु वर्षमा क्रमागत योजनाहरु नै टेण्डर गरिएको योजना महाशाखा प्रमुख सुरज श्रेष्ठ बताउँछन् । बजेट अनुसार नयाँ योजनाहरुको बजेट अन्यौलमै रहेकाले कार्यान्यवन मै समस्या रहेको उनको भनाई छ । उनले भने, क्रमागत योजनाहरु करिब १६ वटा योजनाहरुलाई नयाँ टेण्डर गरेका छौं, नयाँ योजनाहरु अहिले कार्यान्यवनमा आएका छैन्, निति तथा कार्यक्रममा परेका योजनाहरुलाई इस्टीमेट गर्ने काम भइरहेका तर प्रोसेसमा गएको छैन् ।’ दररेट ढिलो पास भएकाले समस्या भएको उनको पनि भनाई छ ।

धरानले पहिलो पटक वडालाई खर्च तथा भुक्तानी गर्न पाउने अधिकार दिएको छ । वडागत रुपमा सिस्टम बिस्तार गर्न ढिलाई हुँदा पनि पहिलो चौमासिकको खर्च निराशाजनक रहेको वडाअध्यक्षहरुको भनाई छ ।

राष्ट्रिय बजेट तथा अन्य नगरको तुलनामा खर्च भएको देखिए पनि सन्तोषजनक नरहेको अर्थशास्त्री प्रा.डा. राजेन्द्र शर्मा बताउँछन् । खर्च गर्न नसक्दा नगरवासीले प्राप्त गर्ने प्रतिफलमा घाटा लागेको उनको भनाई छ । उनले भने, ‘विकाश बजेटलाई हेर्नुपर्छ, पुजिगत खर्च कम भएको छ, गौरबको आयोजना बसपार्क, व्यवस्थीत बजारहरुको काम हुन सकेको छैन्, त्यसले मर्कामा पारेको छ, उपमहानगरको परफरमेन्सनै दयनिय रहेको छ ।’

धरान उपमहानगरपालिकाको कार्यपालिकामा मेयर सहित ६ जना अल्पमतमा छन् भने बहुमतमा उपमेयर सहित २४ जना छन् । अल्पमत र बहुमतको कारण पनि कार्यपालिका बैठक सहज रुपमा हुन सकिरहेको छैन् । जसको कारण बजेट कार्यान्यवनमै पनि समस्या बढ्दै गएको छ ।

तरहरा इटहरी लायन्सको ...

इटहरी । तरहरा इटहरी लायन्स क्लबको अध्यक्षमा पवन अधिकारी ...

चटयाङले श्रीमान आइस ...

धरान । भोजपुर आमचौकमा एकै परिवारका तीन जनालाई चटयाङ लाग ...

प्रधानमन्त्रीलाई दवा ...

धरान/ नेपाल सरकारले बीपी कोइराला स्वास्थ्य विज्ञान ...

राष्ट्रिय नृत्य रिया ...

धरान/ धरानकी नृत्य कलाकार इचिङ्ग्सा लिम्बु राष्ट्र ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved