इलाम/ इलामको फाकफोकथुम गाउँपालिका ५ लुम्देमा पिकअप दुर्घटना भएको छ ।
दुर्घटनामा परी २ जनाको घटना स्थलमै मृत्यू भएको र एक जनाको अवस्था जटिल रहेको स्थानीय जनप्रतिनिधि कृष्ण कुमार राईले जानकारी दिए । पिकअपका चालक समेत गम्भिर घाईते भई इलाम अस्पताल ल्याउँदै गरेको राईले जानकारी दिए ।
सोमबार दुर्घटना भएको को पिकअप नम्बर समेत पत्ता लागेको छैन । पिकअप लुम्देस्थित कुलुङ्गे ट्रनिङबाट करिब हजार मिटर तल खसेको राईको भनाई छ । मृतकको नाम समेत खुल्न सकेको छैन ।
मृतकहरु पिकअपरसब्जी व्यापारीका मालिकहरु रहेको अनुमान गरिएको छ । थप विवरण आउन बाँकी रहेको छ । त्यहाका स्थानीय तथा प्रहरी, जनप्रतिनिधि उदारका लागि घटनास्थल पुगेका छन् ।