धरान । उच्च अदालत बिराटनगरको फैसला विरुद्ध सर्वाेच्च अदालत गएका सिद्ध बाबा भनिने कृषण बहादुर गिरिको मुद्धामा आज (शुक्रबार) सर्वाेच अदालतले आदेश गरेको छ ।
उच्च अदालत बिराटनगरले गिरलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो ।
गिरि माथि आफ्नै एक महिला अनुयायी माथि बलात्कार गरेको मुद्धा जिल्ला अदालत सुनसरीमा दर्ता भएको थियो ।
आज सर्वोच्च अदालतका न्यायाधिशद्धय आनन्दमोहन भट्टराई र प्रकाश ढुंगानाको संयुक्त इजलाशले उच्च अदालतको आदेशलाई नै सदर गरेको ।
सर्वाेच्चको यो आदेश सगै सिद्धबाबा भनिने कृषण बहादुर गिरि अनिश्चितकालका लागि कारागारमै बस्ने भएका छन् ।
गिरिलाई जिल्ला अदालत सुनसरीले३ लाख धरौटिमा छाड्न आदेश दिए पछि महिला अधिकारकर्मीहरु अदालतको आदेश चित्त नबुझे पछि आन्दोलित भएका थिए ।
“यो आदेश न्यायको पक्षमा छ, अब हामी न्यायीक फैसलाको पर्खाइमा छौं ।” गिरि विरुद्ध आन्दोलनको नेतिृत्व गरेकी महिला अधिकारकर्मी सुशीला उप्रेतीले भनिन ।
आफूलाई गैरकानुनी रुपमा थुनामा राखिएको भन्दै गिरी उच्च अदालतको आदेश बदरको माग गर्दै सर्वोच्चमा पुगेका थिए ।