कोभिड–१९ बाट प्रभावित सहिदभूमि गाँउपालिकाका गरिब किसानहरुलाई कृषि सामग्री तथा बीउ विजन वितरण

  • मंसिर १०, २०७७
  • "सन्तोष रुचाल"
alt

धनकुटा ÷ धनकुटाको सहिदभूमि गाँउपालिकाका कोभिड–१९ प्रभावित गरिब किसानहरुलाई कृषि सामग्री तथा बीउ विजन वितरण गरिएको छ ।

कारितास नेपालको जीविकोपार्जन सहयोग कार्यक्रम अन्र्तगत स्वीस सरकारको आर्थिक सहयोगमा प्रदेश नं. १ का भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री रामबहादुर राना मगरको प्रमुख आतिथ्यतामा सम्पन्न एक कार्यक्रमका बीच सो गाँउपालिकाका ७ वटै वडाका १८ सय १४ घरधुरी किसानहरुलाई करिब १ करोड बराबरको आर्थिक लगतमा हजारी, स्प्रे, प्याकिङ प्लाष्टिक सहित टमाटर, बन्दा, काउली, साग र धनियाको बीउ वितरण गरिएको हो ।

 कार्यक्रममा बोल्दै भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री राना मगरले दातृ निकायबाट प्राप्त भएको कृषि सामग्री तथा बीउविजनको उचित सदुपयोग गर्न आग्रह गरे ।

कृषि क्षेत्र नै देशको मुख्य आधार भएकोले जीविकोपार्जन गर्ने मात्र नभई आर्थिक उपार्जनको मुख्य चीज पनि खेतीपातिलाई बनाउनु पर्नेमा जोड दिए ।

त्यस्तै प्रदेश नं. १ का न्याय तथा विधायन समितिका सभापति ईन्द्रमणि पराजुलीले देश परिवर्तनका लागि सहिदभूमि गाउँपालिकाले धेरै योगदान पु¥याएको बताउँदै प्रदेश सरकारले सहिदभूमि गाउँपालिकालाई नमूना गाउँपालिकाको रुपमा विकास गर्ने बताए ।

प्रदेशसभा सदस्य निरन राईले सहिदभूमि गाउँपालिकामा प्रदेश सरकारको तर्फबाट कृषि क्षेत्रका लागि ठूलो लगानी भित्रिएको भन्दै यसको सदुपयोग गरेर समृद्धिको एजेण्डा पूरा गर्न कृषकहरुले यहाँको हावापानी र माटो सुहाउँदो गर्नु पर्ने बताए ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष मनोज राई, उपाध्यक्ष रत्नश्वरी राई, कारितास नेपालका कार्यक्रम संयोजक देवेन्द्र्र पोखरेलले लगायतले बोलेका थिए ।

20201124_145054(0) 20201124_145025

इटहरीमा करेन्ट लागेर ...

इटहरी/ सुनसरीको इटहरी उपमहानगरपालिका–७ मा मा ...

सप्तकोसीले धार परिवर ...

इटहरी/ तीन वर्षअघि सप्तकोसी नदीले धार परिवर्तन गरी ...

साइकलयात्रीको मृत्यु ...

सर्लाही/  सर्लाहीको लालबन्दी नगरपालिका–५ मेज ...

कारमा ब्राउन सुगर ओस ...

झापा/  भारतसँगको खुला सीमाको फाइदा उठाउँदै नि ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved