वीपी प्रतिष्ठान दलको भर्तिकेन्द्र,थपिए स्वास्थ्यमन्त्रीका आफन्त

  • मंसिर १०, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापनाको समय देखिनै सत्तासिन दलको भर्तीकेन्द्रकै रुपमा रहँदै आएको छ । जुन दल सत्तामा पुग्यो, त्यही दलका कार्यकर्ताहरु नियुक्ति हुन थाल्छन् ।

सरकार फेरिदै पिच्छे आफ्ना कार्यकर्ताहरु भर्ती गर्ने थलोको रुपमा विकाश हुँदै गएकाले अहिले प्रतिष्ठानमा बेथिती नै बेथिती बढेर गएको छ । दक्षिण एशियाकै उत्कृष्ठ मध्येको एक भए पनि राजनितिक हस्तक्षेपका कारण प्रतिष्ठानको सेवा नै प्रभावित बनेको छ । राजनितिक नियुक्तिकै कारण भ्रष्टाचार मौलाएको छ । राजनितिक नियुक्तिका कारण प्रतिष्ठानका कर्मचारी हुन् वा पदाधिकारी कसैलाई पनि कारवाही गर्न सकिन्दैन्, जसले गर्दा बेथिती बढेको हो ।

६ महिना अघि प्रतिष्ठानमा उपकुलपति जिम्मेवारी लिएर आएका डा. ज्ञानेन्द्र गिरीको आलोचना साम्य नहुँदै पुनः स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले आफ्नै भतिज र ज्वाईलाई प्रतिष्ठानको अधिकृत सरहको पदमा नियुक्ति दिए पछि आलोचना झन थपिएको छ ।

प्रतिष्ठानमा ढकालका भतिज अमृत ढकाल र ज्वाइँ सुमन पन्त अधिकृतसरहको पदमा नियुक्ति भएका छन् । प्रतिष्ठान स्रोतका अनुसार अमृतको नियुक्ति जनसम्पर्क अधिकृत र पन्तको नियुक्ति प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीका कानुनी सल्लाहकारको रुपमा छ । दुवैजनाले ११ कात्तिकमा नियुक्ति पाएका थिए । उनीहरु दुवैलाई उपकुलपति गिरीले नियुक्ती गरेका हुन् ।

उपकुलपति गिरीमा कोरोना संक्रमण देखिए पछि होम आइसोलेसनमै रहेका बेला कर्मचारी सरुवा र करिब २६ जना कर्मचारीहरु नियुक्ति गरेका थिए । सोही समयमानै उनीहरुको पनि नियुक्ति गरिएको स्रोतको भनाई छ । केही कर्मचारीको नाम त्यती बेलै सार्वजनिक भए पनि उनीहरुको नाम भने सार्वजनिक भएको थिएन ।

स्रोतका अनुसार वीपी प्रतिष्ठानमा स्वास्थ्यमन्त्री ढकालका स्वकीय सचिव भुवन खतिवडाका दाजुले पनि नियुक्ति पाएका छन् । ढकालका स्वकीय सचिव भुवन खतिवडाका दाजु चिरञ्जीवी खतिवडाले कानुनी सल्लाहकारको रुपमा जिम्मेवारी पाएका हुन् । उनको नियुक्ति सँगै प्रतिष्ठानको कानुनी सल्लाहाकार ३ जना भएका छन् । चिरञ्जीवीको नियुक्ति पनि ढकालकै दवावमा भएको बुझिएको छ ।

.यसअघि शान्तिराम भण्डारी कानुनी सल्लाहकारको रुपमा नियुक्त भएका थिए । एकजना कानुनी सल्लाहकार हुनुपर्ने ठाउमा तीनजना नियुक्त भएका हुन् । नियमावलीमा उल्लेख नभएका कारण तीनजनासम्मले नियुक्ति पाएका हुन् ।

प्रतिष्ठानका रजिष्टार डा. मोहनचन्द्र रेग्मीले तीनजना कानुनी सल्लाहकार भए पनि छुट्टा–छुट्टै स्थानमा रहेको उनले बताए । रेग्मीका अनुसार कानुनी सल्लाहकार खतिवडाले सर्वाेच्च अदालत हेर्नेछन् । भण्डारीले विराटनगर र पन्तले कार्यालयको विषयमा हेर्नेछन् । केही दिनअघि ढकाल र पन्तले अधिकृतसरह नियुक्ति पाएको उनले बताए ।

प्रतिष्ठानलाई राजनितिक हस्तक्षेपबाट अलग्गै राख्न स्थानीयले दबाब दिदै आएका छन् । प्रतिष्ठानमा बढ्दै गएको बेथितीको अन्त्य गर्न कर्मचारीतन्त्र, राजनितिक हाबीको अन्त्य हुनुपर्ने माग गर्दै आन्दोलन गरिरहेका छन् । तर दलहरु भने आफ्ना कार्यकर्ताको लागि भर्तीकेन्द्र बनाउँदै गएको छ ।

इटहरीमा करेन्ट लागेर ...

इटहरी/ सुनसरीको इटहरी उपमहानगरपालिका–७ मा मा ...

सप्तकोसीले धार परिवर ...

इटहरी/ तीन वर्षअघि सप्तकोसी नदीले धार परिवर्तन गरी ...

साइकलयात्रीको मृत्यु ...

सर्लाही/  सर्लाहीको लालबन्दी नगरपालिका–५ मेज ...

कारमा ब्राउन सुगर ओस ...

झापा/  भारतसँगको खुला सीमाको फाइदा उठाउँदै नि ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved