इलाममा ५० वटा माछापोखरी निर्माण हुने

  • कार्तिक ४, २०७७
  • " भगीरथ भण्डारी"
alt

इलाम /  इलाम नगरपालिकाले चालु आर्थिक वर्षमा ५० वटा माछापोखरि निर्माण हुने भएको छ । व्यावसायिक माछापालन कार्यक्रम अनुदान अन्र्तगत इलाम नगरपालिका ११ वटा वडामा सञ्चालन हुनेछन ।

इनपाको वडा नं. ७ बाहेक अन्य बाँकी वडाहरुमा ५० वटा माछापोखरी निर्माणहुने इलाम नगरपालिकाका प्रशासकीय अधिकृत राम शाहाले बताए । एउटा माछा पोखरिमा ४० हजारका दरले अनुदान सहयोग दिइने छ । पोखरि निर्माण गर्दा १६ मिटर लम्वाइ ८ मिटर चौडाइ भएको माछापोखरी निर्माण हुनुपर्ने छ । व्यावसायिक रुपमा माछापालन गर्ने किसानका लागि विभिन्न समूह, फर्म र कृषकलाई सहयोग पुगोस भनेर उपलब्ध गराईएको छ । नगर पालिकाले ५० जना कृषकहरुको नाम छनौट गरेको छ भने ४० जना कृषक वैकल्पिक छनोटमा परेको शाहकोे भनाई छ ।

माछापोखरी निर्माणपश्चात नेपालमा मत्स्यपालनका लागि सिफारिस भएका कमन कार्प, सिल्भर कार्प, बिगहेड कार्प, ग्रास कार्प, रोहु, नैनी, भाकुर, रेन्बो ट्राउट, पंगास प्रजाति, नाइल टिलापिया जातका माछा भूगोलका आधारमा पालन गरिने कृषि शाखाका प्राविधिक उपेन्द्र नेपालले बताएका छन् ।

 

 

माग सम्बोधन नभए धरान ...

धरान/ निजी तथा आवासीय विद्यालयहरूको छाता सङ्गठन प्याप्स ...

धरान मेघा हिमालयन कल ...

धरान/ धरानस्थित धरान मेघा हिमालयन कलेजले राष्ट्रिय परीक ...

यातायात मजदुर व्यवसा ...

काठमाण्डौं/ नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले ...

सप्त​कोशीबाट १६८ केज ...

धरान/ सुनसरीको बराहक्षेत्र नगरपालिका १ स्थित कोशी नदी क ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved