मृगौला पिडितलाई आर्थिक सहयोग

  • असोज २८, २०७७
  • "सन्तोष रुचाल"
alt

धनकुटा/ दुवै मृगौला फेल भएर थलिएकी गोमादेवी श्रेष्ठलाई ७२ हजार रुपैयाँ सहयोग प्रदान गरिएको छ ।
धनकुटा नगरपालिका–७ घर भएकी ४८ वर्षिया श्रेष्ठको उपचारमा सहयोगका लागि धनकुटा बजारका केही व्यवसायीहरुद्धारा संकलित रकम प्रदान गरिएको हो । उनको करिब ६ महिना अघि दुवै मृगौला फेल भएका थियो ।

सामान्य परिवार रहेको श्रेष्ठको दुवै मृगौला फेल भएपछि अहिलेसम्म परिवारले उपचार गरिरहेको थियो । उपचारको क्रममा हालसम्म ५ लाख भन्दा बढी खर्च भईसकेको छ ।

दैनिक मजदुरी गरेर जीविकोपार्जन गर्दै आएका श्रेष्ठ परिवारको तीन छोरी र एक छोरा रहेको छ । तर अहिले आएर आर्थिक अभावका कारण श्रेष्ठको उपचारमा समस्या देखिएकाले रकम संकलन गरेर उपचारको लागि सहयोग गरिएको बजार व्यवसायी जयन्द्र प्रधानले बताए । प्रधानको अगुवाईमा रकम संकलन गरिएको थियो । श्रेष्ठको कोशी अस्पताल विराटनगरमा हप्तामा एक पटक डाइलासिस हुदै आएको छ ।

IMG_5027 copy

साँझ साढे ५ बजे सार् ...

काठमाडौँ/ माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को न ...

बीपी प्रतिष्ठानका शि ...

धरान/  बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष् ...

एम्स एकेडेमीको 'एसइई ...

धरान/ धरानस्थित प्रतिष्ठित शैक्षिक संस्था एम् ...

इटहरीमा लागू औषध ब्र ...

इटहरी/ सुनसरीको इटहरी उप–महानगरपालिका–५ स्थ ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved