इलाममा ३८ हजार भन्दा बढी सवारी कारवाहीमा

  • असोज २७, २०७७
  • " भगीरथ भण्डारी "
alt

इलाम / इलाममा ३८ हजार भन्दा बढी सवारी साधन कारवाहीमा परेका छन् । साना ठूला गाडी गरी ३८ हजार पाँच सय ११ वटा गाडी कारवाहीमा परेका छन । जिल्ला ट्राफिक प्रहरी कार्यलय इलामका प्रमुख योगेन्द्र दाहालका अनुसार कारवाहीमा परेका सवारी साधन र दुर्घटना पछिल्लो समय घट्दै गएको छ । आर्थिक वर्ष २०७४÷०७५ मा सबै भन्दा बढी जिप, कार, भेन कारवाहीमा परेका छन् । कारवाहीमा परेको संख्या पाँच हजार सात सय नौ वटा रहेका छन् ।

यस्तै मोटरसाइकल पाँच हजार चार सय एक, ट्रक दुई हजार सात सय ४४, टेक्टर आठ सय ६ र बस तीन सय २६ रहेका छन् । आर्थिक वर्ष २०७५÷०७६ मा जिप, कार, भेन पाँच हजार चार सय ९५, मोटरसाइकल पाँच हजार एक सय २२, ट्रक एक हजार नौ सय चार, टेक्टर छ सय ४९ र बस चार सय ४० रहेका छन् । आर्थिक वर्ष २०७६÷०७७ मा जिप, कार, भेन तीन हजार चार सय ८७, मोटरसाइकल तीन हजार दुई सय ८६, ट्रक एक हजार दुई सय १८, टेक्टर चार सय ५५, बस एक सय ८६ र अन्यमा ८३ वटा सवारी साधन कारवाहीमा परेका हुन् । सबै भन्दा बढी जिप, कार र भेन कारवाहीमा परेका छन् भने सबै भन्दा कम अन्य सवारी साधन रहेको तथ्याङ्कले देखाउछ ।

यसैगरी चालु आर्थिक वर्ष २०७७÷०७८ मा भने साउन महिनामा मोटरसाइकल एक सय ९१, कार, जिप एक सय ७७, ट्रक ९६, ट्याक्टर ६१, टेम्पो÷सिटि ३१, टिपर तीन वटा रहेका छन् । भदौ महिनामा कार जिप दुई सय ३२, मोटरसाइकल दुई सय २१, ट्रक एक सय १२, ट्याक्टर ४१, टेम्पो÷सिटि २७, टिपर छ र अन्यमा दुई वटा सवारी साधन कारवाहीमा परेका छन् । दुर्घटनामा परी २५ जनाको ज्यान गएको छ भने एक सय ५१ जना घाइते भएका छन् । जसमा ३५ जना सक्त घाइते भएका छन् । एक सय १८ जना भने सामान्य घाइते भएका छन् । दुर्घटना संख्या भने ६० रहेको छ । चालु आर्थिक वर्षको साउन र भदौमा भने एक÷एक वटा सवारी साधन दुर्घटनामा पर्दा एक÷एक जना घाइते भएका छन् ।

आर्थिक वर्ष २०७४÷०७५ मा ७३ सामान्य घाइते, १६ सक्त घाइते र सात जनाको मृत्यु भएको छ । आर्थिक वर्ष २०७५÷०७६ मा ३४ सामान्य घाइते, १० सक्त घाइते र आठ जनाको मृत्यु भएको छ । यस्तै आर्थिक वर्ष २०७६÷०७७ मा सामान्य घाइते नौ, सक्त घाइते नौ र मृत्यु आठ जना रहेको छ भने चालु आर्थिक वर्षमा दुई जना घाइते भएको कार्यलयले जानकारी दिएको छ ।
सवारी साधन कारवाहीबाट जिल्लामा दुई करोड भन्दा धेरै राजश्व संकलन भएको छ ।

आर्थिक वर्ष २०७४÷०७५ देखि हालसम्ममा दुई करोड १८ लाख ८८ हजार रुपैँया राजश्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यलय इलामले जानकारी दिएको छ । कार्यलयको तथ्याङ्क अनुसार, आर्थिक वर्ष २०७४÷०७५ मा ८१ लाख ९२ हजार, आर्थिक वर्ष २०७५÷०७६ मा ८० लाख १४ हजार पाँच सय, ४९ लाख ९९ हजार र चालु आर्थिक वर्षमा साउनमा तीन लाख १२ हजार पाँच सय, भदौमा तीन लाख ७० हजार रुपैँया रकम संकलन भएको छ । यो तथ्याङ्कलाई हेर्दा कारवाही र दुर्घटनाको संख्या घटेको पाइएको छ । विभिन्न स्थानमा बोर्ड राखिनु, कन्भेक्स ऐना राखिनु र जनचेतना मूलक कार्यक्रम गरिनुले कम भएको जिल्ला ट्राफिक प्रहरी कार्यलय इलामले जानकारी दिएको छ । झापा र इलामको सिमाना जोरकलशदेखि पाँचथर र इलामको सिमाना राँकेसम्मको स्थानमा गरी एक सय ५८ बोर्ड राखिएको छ । सडकको हरेक घोलाईमा २० वटा कन्भेक्स ऐना राखिएको कार्यलयले जनाएको छ ।

 

 

साँझ साढे ५ बजे सार् ...

काठमाडौँ/ माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को न ...

बीपी प्रतिष्ठानका शि ...

धरान/  बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष् ...

एम्स एकेडेमीको 'एसइई ...

धरान/ धरानस्थित प्रतिष्ठित शैक्षिक संस्था एम् ...

इटहरीमा लागू औषध ब्र ...

इटहरी/ सुनसरीको इटहरी उप–महानगरपालिका–५ स्थ ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved