भागलपुरको साकेला थान पर्यटकीय गन्तव्य बन्दै

  • असोज २७, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

उदयपुर । पर्यटकीय गन्तव्यको रुपमा विकाश भइरहेको उदयपुरको भागलपुरमा रहेको साकेला थान पनि धार्मिक पर्यटनको केन्द्र बन्न थालेको छ ।

विगत ४ वर्ष अघि स्थापना गरिएको बेलका नगरपालिका वडा नम्बर २ मा रहेको साकेला थानमा आन्तरिक पर्यटकहरु आउने गरेका छन् । विशेष गरि किरातीहरुको धार्मिक स्थलको रुपमा रहेको साकेला थानमा वर्षेनी उभौली र उधौलीमा मेला लाग्ने गरेको छ । किरातीहरुको आस्थाको केन्द्र बन्दै गएको साकेला थानमा अन्य क्षेत्रबाट पनि धर्मावलम्बीहरु आउने गरेका छन् ।

बेलका नगरपालिका कृषि क्षेत्रको एउटा महत्वपुर्ण हवको रुपमा मानिन्छ । कृषि क्षेत्र संगै धार्मिक पर्यटन, प्राकृतिक सौन्दर्यताले पनि महत्वपुर्ण बन्दै गएको बेलकामा साकेला थानले थप टेवा पुर्याउने विश्वास लिइएको छ । बेलकामा भुतिया दह, सुगाचरी भिर, कालुङ झरना, मैना राजा रानी मन्दिर, बेलका तरि लगाएतका स्थानहरु पर्यटकहरुका लागि परिचित स्थान हुन् ।

साकेला थान पुरानो भए पनि ४ वर्ष अघि समिती गठन गरि संरक्षण गर्दै आएको भागलपुर साकेला थान समितीका अध्यक्ष रतन राईले बताए । साकेला थानको निर्माणका लागि वडा कार्यालय मार्फत नगरपालिकाले १ लाख रुपैया सहयोग गरेको थियो । नगरपालिकाको सहयोग र जनसहभागितामा साकेला थान निर्माण गरिएको सचिव दिलराज राई बताए ।
थानलाई संरक्षण गर्न घेरा बारा फाउण्डेसन निर्माण एवम इटाको वाल निर्माण कार्य सम्पन्न भइसकेको छ । साकेला थानको थप प्रचार प्रसार गर्न सके धार्मिक पर्यटकहरुको लागि गन्तव्य स्थल बन्ने स्थानीय देवराज राईको भनाई छ ।

साँझ साढे ५ बजे सार् ...

काठमाडौँ/ माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को न ...

बीपी प्रतिष्ठानका शि ...

धरान/  बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष् ...

एम्स एकेडेमीको 'एसइई ...

धरान/ धरानस्थित प्रतिष्ठित शैक्षिक संस्था एम् ...

इटहरीमा लागू औषध ब्र ...

इटहरी/ सुनसरीको इटहरी उप–महानगरपालिका–५ स्थ ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved