इटहरी । कोरोना कहर संगै स्थानीय उपभोक्ताहरूले पटक पटक बजारबाट आफुहरू ठगिएको गुनासो गरे पछि आइतबार इटहरी उपमहानगरले बजार अनुगमन गरेको छ ।
उपमेयर लक्ष्मी गौतमको संयोजकमा गरिएको बजार अनुगमनमा इटहरीको हटियालाइन स्थित सडक क्षेत्र मिचेर बिक्रिका लागि राखिएका सामग्रीहरू हटाइएको छ ।
बजार अनुगमनकै क्रममा हटियालाइनका अधिकांस पसलेहरूले प्रसाशनबाट जारी गरिएको सुचनाको पालना नगरी ब्यवसाय सञ्चालन गरिएको पाइएको थियो । जिल्ला प्रशासनको कार्यालय सुनसरीले आज २५ गते आइतबारबाट लागु हुने गरी प्रत्येक ब्यवसायीले आ– आफ्नो पसल अगाडी अनिवार्य रूपमा साबुन पानी र सेनिटाइजर प्रयोग गर्न निर्देशन सहितको सुचना जारी गरेको थियो ।
तर आइतबार उपमेयर लक्ष्मी गौतम सहितको टोलिले गरेको बजार अनुगमनमा अधिकांस ब्यवसायीहरूले कुनै मापदण्ड प्रयोग नगरी ब्यवसाय सञ्चालन गरेको पाइएको छ । अधिकांस किराना पसलहरुमा मुल्य सुचि बिनै सामानहरू किनबेच गरेको पाइएपनि उनीहरूलाइ उपमहानगरले चेतावनी मात्रै दिएर छाडी दिएको छ ।
चाडपर्व नजिकिएसंगै स्थानीय उपभोक्ताहरूले बजारबाट ठगिएको गुनासो गरेपछि त्यसलाइ मध्यनजर गर्दै अनुगमन गरिएको उपमेयर लक्ष्मी गौतमले बताईन । मूल्यवृद्धि, मिसावट, कालोवजारी रोक्न अब नियमित वजार अनुगमन गरिने पनि उपमेयर गौतमको भनाई छ ।
कोरोना कहर बिचमै इटहरीमा बजार अनुगमन भएपछि उपभोक्ताहरूले थोरै भएपनि राहत महशुष गरेका छन ।