सोनिहाङमा मृत्यु प्रकरण: दुवै पक्ष दोसीको खोजिमा

  • असोज २५, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । गत भदौ २२ गते आफ्नै कोठामा झुण्डिएको अवश्थामा भेटिएकी धरान ११ की सुनिहाङमा लिम्बुको आत्महत्याको घटना एक पक्षको आरोप टुङ्गो लागे पनि अर्को पक्षले पुनः आत्महत्याको कारण बारे चासो देखाउँदै घटनाको छानबिन गर्न माग गरेको छ ।

दुवै पक्षले आत्महत्याको कारण बारे छानबिन गर्न माग गरे पनि यस अघि सुनिहाङमाका माइती पक्षले केटा पक्षका ४ जना विरुद्ध अदालतमा उजुरी नै दिएका थिए । त्यस पछि दुई पक्षमा विभाजन भएको थियो । सुनिहाङमा पक्षले दिएको आत्महत्या दुरुत्साहत मुद्धाको किटानी जाहेरीको केटा पक्षका चार जनालाई २६ दिन अनुसन्धानमा राखिएको थियो । जनही १ लाख ५० हजार धरौटी लिई तारिखमा राख्ने आदेश दिएको छ । उनहरु मंगलबार तारिखमा छुटेका हुन् । धरान ११ की सिंगापुरे लाहुरेकी श्रीमती सुनिहाङमा लिम्बुको पोष्टमार्टम र भिसेरा रिपोर्टले पनि मृत्युको कारण आत्महत्या नै भएको जनाएको छ ।

सुनीको माइतीपक्षले आत्महत्या नभई हत्या भएको दावी गरेपछि घटना अदालत सम्म पुगेको थियो भने अहिले केटा पक्षका आफन्तले घटना बारे अन्य कुराको सत्यतथ्य छानबिन हुनुपर्ने माग गरेका छन् । मृतकका ससुरा तथा आइत माबोका बुबा भिम माबोले आफुहरु अझै पनि सत्यतथ्य छानबिनको पक्षमा रहेको बताएका छन् ।

संस्थागत रुपमा माबो र मुजोतलुङ थाकथाकु माबोहाङले विज्ञप्ती जारी गर्दै बुहारी सुनिहाङ्माले किन आत्महत्या गरिन् भन्ने प्रश्न अनुत्तरित रहेको भएपनि छोरा आइत माबोको फेसबुक आइडी अरु कसैले लगइन गरेर नग्न तस्बिर मागेर ब्लाकमेल गरेको कारण आत्महत्या गर्न बाध्य भएको उल्लेख गरिएको छ । अदालतको आदेशबाट धरौटीमा हिरासत मुक्त भएपछि सुनिहाङ्माको घर पट्टीका परिवारले पहिलो पटक औपचारिकरुपमा विज्ञप्ती मार्फत प्रतिक्रिया दिएका हुन् । विज्ञप्तीमा भनिएको छ, ‘हामी पनि हाम्री बुहारीको मृत्युको वास्तविकता छानबिनको पक्षमा छौं तर माइती पक्ष हामी माथि एकोहोरो लागिराख्नु भयो ।’

सोसल मिडिया प्रयोग गरेर गरिएको गलत प्रचारबाजीले बुहारीको चरित्रमाथि प्रश्न उठाउने कार्य भएको र यसले आफुहरुलाई मर्माहत बनाएको परिवारजनले बताएका छन् । ‘सम्पुर्ण मावो परिवारकै इज्जत, प्रतिष्ठानमाथि दाग लाग्नुका साथै शिर ढलेको महसुस भएको छ, अन्त्यमा बुहारी सुनिहाङ्माको न्यायका निम्ति हामी अझै पनि लागि परेका छौं,’विज्ञप्तीमा भनिएको छ ।

वीपी प्रतिष्ठान छाता ...

काठमाण्डौं/ पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री त ...

नवोदयमा विद्यालय स्त ...

धरान/ नवोदय विद्या मन्दिर, धरान–१६ मा शुक्रब ...

साँझ साढे ५ बजे सार् ...

काठमाडौँ/ माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को न ...

बीपी प्रतिष्ठानका शि ...

धरान/  बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved