२५ गते देखि साँझ ८ बजे सम्म मात्रै बजार खुल्न पाइने, आफ्नै घर भित्र चाडपर्व मनाउन आग्रह

  • असोज २३, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । नजिकिदै गरेको चाडपर्वमा कोरोनाको महामारीलाई नियन्त्रण गर्न जिल्ला प्रशासन कार्यालय सुनसरीले असोज २५ गते देखि साँझ ८ बजे सम्म मात्र बजार, पसल तथा व्यवसाय संचालन गर्ने निर्णय गरेको छ ।
जिल्लाको सुरक्षा समितीको बैठकले २५ गते देखि साँझ ८ बजे पछि सम्पुर्ण बजार बन्द गर्ने निर्णय गर्दै खुल्ला स्थानमा हुने हाटबजारहरुमा अनिवार्य स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउँदै संचालन गर्न दिइने निर्णय गरेको छ । स्वास्थ्य मापदण्ड नपनाए कानुन बमोजिम कारवाही गरिने समेत निर्णय भएको जनाएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी महेश पोखरेलका अनुसार लामो र छोटो दुरीका तथा स्थानीयस्तरमा सञ्चालन हुने यातायातका साधनले पनि अनिवार्य स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने निर्णय गरिएको छ ।
समितीको बैठकले नजिकिदै गरेको दशैं, तिहार, छठ लगायत चाडपर्व आआफ्नो घरभित्र परिवारसँग मात्र मनाउन आग्रह गरेको छ । बिना काम घरबाट बाहिर ननिस्कन र समुहमा हिड्दा सामाजिक दुरी कायम गर्न पनि आग्रह गरेको छ ।

मन्दिर, मञ्जिद तथा गुम्बाहरुमा नित्य पुजाआजामा भिडभाड नहुने गरि पालैपालो एक एक जना गर्दै पुजा आजा गर्न पनि आग्रह गर्दै सर्वसाधारणका लागि पुजा, प्रार्थना, नमाज, ध्यान गर्न निषेष गर्ने पनि निर्णय गरिएको छ ।

माग सम्बोधन नभए धरान ...

धरान/ निजी तथा आवासीय विद्यालयहरूको छाता सङ्गठन प्याप्स ...

धरान मेघा हिमालयन कल ...

धरान/ धरानस्थित धरान मेघा हिमालयन कलेजले राष्ट्रिय परीक ...

यातायात मजदुर व्यवसा ...

काठमाण्डौं/ नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले ...

सप्त​कोशीबाट १६८ केज ...

धरान/ सुनसरीको बराहक्षेत्र नगरपालिका १ स्थित कोशी नदी क ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved