गरिब तथा विपन्न परिवारहरुलाई सोलार सिष्टम सहित विभिन्न सामग्रीहरु वितरण

  • असोज २३, २०७७
  • "सन्तोष रुचाल"
alt

धनकुटा / धनकुटाको चौबिसे गाउँपालिकाले चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रम अनुसार गरिब तथा विपन्न परिवारहरुलाई सोलार सिष्टम सहित विभिन्न सामग्रीहरु वितरण गरेको छ ।
चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रम अनुसार चौविसे गाउँपालिकाको वडा नं. ७ मौनाबुधुक र वडा नं. ५ बोधेका गरिब तथा विपन्न परिवारहरुलाई उक्त सामग्री वितरण गरिएको हो । सो वडाका अति विपन्न परिवारका २३ घर परिवारलाई २३ थान सोलार, विजुली बत्तीको लागि विधुत मीटर बक्स २४ जनालाई वितरण गरिएको गाउँपालिकाका अध्यक्ष खजिन्द्र राईले बताए । त्यस्तै गुणस्तरिय शिक्षा सुधार तथा नियमित अनुगमनको लागि माध्यमिक र आधारभुत ३ वटा विद्यालयमा सिसि क्यामेरा जडान गरिएको छ ।
रमाइलो कक्षा संचालनको लागि सो वडामा संचालनमा रहेका केजी र बाल कक्षाहरुमा १२ थान एलइडी टिभी जडान गरिएको छ भने कक्षा–६ देखि १२ सम्म अध्यायनरत छात्राहरुको लागि दुई हजार ८ सय पिस स्यानिटरी प्याड वितरण गरिएको गाउँपालिकाका उपाध्यक्ष यज्ञकुमारी रुचालले बताईन् । सो अभियान गाउँपालिकाका सबै वडामा संचालन गरिनेछ । चौबिसे गाउँपालिकामा ८ वटा वडाहरु रहेका छन् । 120887996_808344603299151_27785178577722575_o copy 120939530_808344693299142_4076712051994227917_o copy

दनुवार समुदायकी भिम ...

धरान/ साङ्गीतिक प्रतिभालाई उजागर गर्ने उद्देश्यले ...

वीपी प्रतिष्ठान छाता ...

काठमाण्डौं/ पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री त ...

नवोदयमा विद्यालय स्त ...

धरान/ नवोदय विद्या मन्दिर, धरान–१६ मा शुक्रब ...

साँझ साढे ५ बजे सार् ...

काठमाडौँ/ माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved