भू–सेवा बन्द हुँदा हस्तलिखत बाटै काम

  • असोज २३, २०७७
  • " भगीरथ भण्डारी"
alt

इलाम / भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले २०७६ साल जेठ १८ गते मालपोत कार्यालयलाई अनलाईन प्रणलिमा लैजाने र नमुना बनाउँने भन्दै उद्घाटन गरिन । नमुना मालपोत कार्यलयको उद्घाटन गर्दे उनले अव कुनै समस्या नहुने बताएकी थिईन । तर उद्घाटन भएको एकवर्ष बित्दै गर्दा पटक पटक समस्या आएर सेवाग्राही समस्यामा परेका छन ।

लकडाउनु हुनु केहि महिना अघि मालपोत कार्यलयको इन्टरनेटको समस्याका कारण अंशवण्डाको काममा आएका एक परिवारले आठ दिनमा मात्र काम सके । मालपोतमा नेट नचलेको कारण आठ दिनसम्म कुर्नु परेको थियो । गत भदौ अन्तिम हप्ता पनि कार्यलयमा नेट नचलेको कारण सेवाग्राही समस्यामा परेका थिए । लकडाउनको समयमा गाडी रिजर्भ गरेर आएका सेवाग्राही इन्टरनेट नचलेका कारण पटक पटक कार्यलय आउँदै काम नसकी फर्कदैँ गरेका थिए ।

मालपोत कार्यलयमा सँधै यस्ता समस्या आउने गर्छन । कहिले नेट स्लो भनेर काम हुँदैन त कहिले सिस्टममा समस्या भयो भन्दै । यो समस्याले गाउँबाट एकै दिनमा काम सक्ने योजनाका साथ घरको काम मिलाएर आएका सेवा ग्राही धेरै मारमा परेका छन ।

फेरि यतिवेला मालपोत कार्यालय अनलाईन प्रणालीमा गएसँगै सञ्चालन भएको भु–सेवा केन्द्र अवरुद्ध बनेको छ । मालपोतमा हुने लेखापढीको काम अनलाईन मार्फत सेवा प्रदान गर्ने देशभरका १९ वटा मालपोत कार्यालयमा स्थापना गरिएको भु–सेवा केन्द्र अवरुद्ध भएको छ । तीनदिन देखि भु–सेवा केन्द्र अवरुद्ध भएपछि सेवाग्राही प्रभावित भएका छन् । अनलाईनबाट जग्गा कारोबार सम्बन्धी आवेदन गर्नका लागि स्थापना गरिएको भु–सेवा केन्द्र अवरुद्ध भएपछि मालपोत कार्यालयमा पुनः हस्तलिखतबाटै काम गर्नुपर्ने अवस्था उत्पन्न भएको हो ।

सिंहदरवारमा रहेको डाटा सेन्टरमा नै समस्या आएकाले सेवा अवरुद्ध भएको भूमी व्यवस्थापन तथा अभिलेख विभागका प्रवक्ता समेत रहेका विभागका निर्देशक गुरुदत्त सुवेदीले जानकारी दिए । उनले भने, ‘भु–सेवा केन्द्र सञ्चालनमा आउँन अझै पाँच सात दिन लाग्न सक्छ, सिंहदरवारमा रहेको डाटा सेन्टरमा नै समस्या उत्पन्न भएपछि भू सेवा केन्द्र अवरुद्ध भएको छ ।’ डाटा सेन्टरमा आएपछि भू–सेवा केन्द्रहरुबाट पेश गरिएका लिखतहरु समेत गुमेको सुवेदीले जानकारी दिए । उनले भने ‘भु–सेवा केन्द्रबाट अपडेट गरिएका लिखतहरु पनि गुमेको छ, हामी त्यसलाई रिकभर गराउन लागिरहेका छौ ।’

मालपोत कार्यालयहरुमा अनलाईन मार्फत सेवा उपलब्ध गराइने भु–अभिलेख सूचना व्यवस्थापन (एलआरआइएमएस) प्रणालीमा भने कुनै समस्या छैन । मुलुकभर रहेका एक सय ३१ मालपोत कार्यालयहरु मध्ये एक सय आठ मालपोत कार्यालयमा भु–अभिलेख सूचना व्यवस्थापन प्रणाली कार्यान्वयनमा छ । ती मध्ये १९ मालपोत कार्यालयमा लेखापढी व्यवसायीले गर्ने काम भु–सेवा केन्द्र मार्फत गरिदै आएको छ । तीन दिनदेखि भू–सूचना केन्द्र अवरुद्ध भएपछि दुई दिनदेखि काम रोकिएको थियो । मंगलबार देखि हस्तलिखित लिखत प्रयोग भएर सेवाग्राहीको काम थालिएको छ ।

भु–सेवा केन्द्र सञ्चालन निर्देशिका अनुसार सेवा केन्द्र स्थानीय सरकार, व्यक्ति वा संस्थाले सञ्चालन गर्न सक्नेछन् । भू–सेवा केन्द्र स्थापना गर्न चाहाने व्यक्तिले ५० हजार रुपैयाँ धरौटी राख्नुपर्छ । संस्थाको हकमा दुई लाख रुपैयाँ धरौटी तोकिएको छ । लाइसेन्स प्राप्त व्यक्ति वा संस्थालाई कार्यालयले युजर नेम र पासवर्ड प्रदान गर्छ । सोहि आधारमा सेवा केन्द्रले अनलाइन लेखापढीको अधिकार प्राप्त गर्छन् । धरौटी राखेर भु–सेवा केन्द्र सञ्चालनको अधिकार पाएका व्यवसायी भु–सेवा केन्द्रनै अवरुद्ध भएपछि प्रभावित भएका छन् ।

दुई दिनदेखिको कामको चाप भएपछि मालपोत कार्यालय पुगेका सेवाग्राही काम नसकिने भएपछि कतिपय सेवाग्राही घर फर्किएका छन् । मालपोत कार्यालयको कामलाई छिटो, सजिलो बनाउन र जग्गा सम्बन्धी कामको लागि निवेदन पेश गर्न कार्यालय नै धाउनुपर्ने बाध्यताको अन्त्यका लागि भु–सेवा केन्द्र स्थापना गरिएको थियो । इलामका दुई स्थानीय तह सहित दश जनाले सेवा सञ्चालनको लागि अनुमति पाएका छन् । जिल्लाको माइजोगमाई र सूर्योदय नगरपालिकाले कार्यालयमा नै भू सेवा केन्द्र स्थापना गरेका छन् । सेवा अवरुद्ध भएपछि सेवाग्राही प्रभावित बनेका छन् ।

वीपी प्रतिष्ठान छाता ...

काठमाण्डौं/ पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री त ...

नवोदयमा विद्यालय स्त ...

धरान/ नवोदय विद्या मन्दिर, धरान–१६ मा शुक्रब ...

साँझ साढे ५ बजे सार् ...

काठमाडौँ/ माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को न ...

बीपी प्रतिष्ठानका शि ...

धरान/  बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved