सप्तकोशी नगरपालिकाको ४६ करोड ८१ लाख बजेट

  • असोज २१, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

उदयपुर । स्थानीय तहमा निकै सम्भावना बोकेको सप्तकोशी नगरपालिकाको पाचौ नगरसभा एवं वार्षिक निति तथा वजेट कार्यक्रम सम्पन्न भएको छ ।
सभामा नगरपालिकाका प्रमुख उत्तम कुमार शर्माले प्रस्तुत गरेको आर्थिक वर्ष २०७७÷७८ को बजेट ४६ करोड ८१ लाख ६७ हजार ४ सय ७० बराबरको बजेटको निति तथा कार्यक्रम पास भएको छ ।
नगरसभाको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि प्रदेश नं २ का प्रदेश सदस्य तथा नेकपा स्थाइकमिटि सदस्य सव्य नारायण मण्डलले गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि मण्डलले देशमा कार्य व्यवस्था फेरिएको तर आम जनमानिसको सोचमा परिवर्तन आउन समय लागेको बताए ।
त्यसै गरि विशिष्ट अतिथि नेपाल किसान संघका केन्द्रिय सदस्य पुष्प वस्नेतले सप्तकोशी नगर कृषि क्षेत्रमा धेरै सम्भावना बोकेको क्षेत्रको रुपमा व्याख्या गरे । उनले कृषि क्षेत्रमा लाग्ने किसानका समस्यालााई सम्बोधन गर्ने एवं वरिपरी रहेको जडिबुटिलाई संकलन गरी आयआर्जनका कामलाई अघि बढाउन नगरपालिकालाई सुझाव दिए ।
कार्यक्रममा नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत रामदेव चौधरी उपमेयर आशा चौधरी विभिन्न दल तथा संघ संस्था प्रतिनिधि एवं वुद्धिजिविहरुको सहभागिता रहेको थियो । नगर प्रमुख उत्तम कुमार शर्माको अध्ययक्षतामा सम्पन्न नगरसभामा कार्यपालिका सदस्य लिला थापा मगरले स्वागत मन्तव्य राखेकी थिइन् ।

 

 

दनुवार समुदायकी भिम ...

धरान/ साङ्गीतिक प्रतिभालाई उजागर गर्ने उद्देश्यले ...

वीपी प्रतिष्ठान छाता ...

काठमाण्डौं/ पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री त ...

नवोदयमा विद्यालय स्त ...

धरान/ नवोदय विद्या मन्दिर, धरान–१६ मा शुक्रब ...

साँझ साढे ५ बजे सार् ...

काठमाडौँ/ माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved