धरान । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट दुई विद्यार्थी संगठन बीचमा एकता सुनसरिमा सम्पन्न भएको छ ।
सुनसरी जिल्लामा एकता प्रक्रिया शनिवार सम्पन्न भएको हो । पुर्व माओवादी निकट अखिल क्रान्तिकारी र पुर्व एमाले निकट अनेरास्ववियु बीच एकता प्रक्रिया सम्पन्न भएको हो ।
विद्यार्थी संगठनको जिल्ला संयोजकमा पुर्ब एमाले निकट विद्यार्थी संगठनबाट जिबि गजल र सहसंयोजकमा पुर्वमाओवादी निकट संगठनबाट बुद्रोस लिम्बुलाई यस अघि नै तोकिएको थियो ।
दुवै संगठनले शनिवार विज्ञप्ती जारी गर्दै ६१ सदस्यीय जिल्ला कमिटि बनाउदै एकता प्रक्रिया सम्पन्न गरेको सार्वजनिक गरेका छन् ।
सहसंयोजक वुद्रोस लिम्वुका अनुसार कार्यालयको संयोजकमा जिबि गजल, सहसंयोजकमा बुद्रोस लिम्बु सदस्यहरुमा रोशन रेग्मी, सिएम पौडेल, सुमन कार्की, अर्जुन पौडेल र मोनालिसा श्रेष्ठ रहेका छन् । संगठनको कामलाई सहज रुपमा गर्नको लागि २१ सदस्यीय जिल्ला सचिवालय पनि गठन गरिएको लिम्वुले जानकारी दिएका छन् ।
सोही भेलाले सुनसरीको विभिन्न ७ क्याम्पसको संयोजक र सहसंयोजकको पनि जिम्मेवारी तोकेको छ ।
प्राप्त जानकारि अनुसार पुर्वाञ्चल इञ्जिनियरिङ क्याम्पस धरानको संयोजकमा प्रदिप घिमिरे र सहसंयोजकमा अरुण कटवाल,केन्द्रीय प्रविधि क्याम्पस हात्तिसार धरानको संयोजकमा किरण निरौला र सहसंयोजकमा आशिक थापालाई जिम्मेवारी तोकिएको छ ।
यता महेन्द्र बहुमुखी क्याम्पस धरानको संयोजकमा रविन श्रेष्ठ र सहसंयोजकमा शेखर रेग्मीलाई जिम्मेवारी तोकिएको छ भने पिण्डेश्वर विद्यापिठ धरानको संयोजकमा नरेन्द्र ढुंगेल र सहसंयोजकमा पवन अधिकारी तोकिएका छन् ।
त्यसैगरी सुनसरी बहुमुखी क्याम्पस इनरुवाको संयोजकमा रोहित साह र सहसंयोजकमा सज्जाद आलव तोकिएका छन् ।
सप्तकोशी बहुमुखी क्याम्पस बराहक्षेत्रको संयोजकमा अनिल राई र सहसंयोजकमा सुरज भट्टराई, जनता बहुमुखी क्याम्पस इटहरीको संयोजकमा उज्वल सिग्देल र सहसंयोजकमा अर्जुन पौडेल तोकिएको छन् ।
जिम्मेवारी तोकिएको क्याम्पस क मिटिहरुमा जिल्ला कमिटिसँग समन्वय गरेर पुर्णता दिइने लिम्बुले बताए ।