गाडी खुले, पसल खुले ग्राहक शुन्य

  • असोज ४, २०७७
  • "कुमार लुइँटेल"
alt

विराटनगर । प्रदेश १ को राजधानी विराटनगरबाट काठमाडौका लागि दैनिक २२ वटा माईक्रो छुट्थे । १५ वटा बस चल्गे । डिलक्स र एसी कोस पनि थिए । तर कोरोना महामारीबीच सरकारले गरेको लडकडाउन खोलेर ‘विहीबारदेखि यातायात संचालन गर्नु’ भनेपनि विराटनगर बसपार्कमा यात्रुको चहलपहल छैन ।

नेपाल यातायात स्वतन्त्र मजदुर संगठन विराटनगर महानगर कमिटीका अनुसार अहिले दैनिक ७ वटा माईक्रो विराटनगरबाट संघीय राजधानी काठमाडौको लागि छुट्छन् । बस त मुश्किलले ७ वटामात्र जान्छन, त्यो पनि आधार यात्रु बोकेर । छोटो दुरीमा चल्ने बस, माइक्रो र म्याजिकमा पनि यात्रु छैनन् ।

“बसले १५ यात्रु र माईक्रोले ८ जना बोकिरहेका छन,”नेपाल यातायात स्वतन्त्र मजदुर संगठन विराटनगर महानगर कमिटी सचिव कृष्ण घिमिरे भन्छन्,“हामीले खिया लागेका मोटर अझ नबिग्रियोस भनेर औपचारिकताको लागि मात्र गाडी चलाए जस्तै भएको छ । नत्र गाडी कुदेका छन तर चढ्ने यात्रु नै छैनन् ।” घिमिरेका अनुसार मानिसहरु कोरोना त्रासका कारण पनि सार्वजनिक यातायात चढ्न हिच्किचाई रहेका छन ।

गत वर्ष यतिबेलासम्म काठमाडौ जाने र उताबाट फर्कने यात्रुले टिकट बुकिङ गरिदिन भन्दै गर्ने फोन उठाउन भ्याई नभ्याई हुन्थ्यो । धेरै त काउन्टरमै आएर टिकट लिन्थे तर यो पटक त्यस्तो केही छैन । “हामी त काउन्टरमा यात्रु कुरेर बस्छौं,” घिमिरे भन्छन्,“तर, छिटपुट बाहेक आउँदैनन् ।”
सरकारले तोकेको स्वास्थ्य माफदण्डअनुसार गाडीका चालक, कन्डक्टर र सहयोगीले मास्क, फेस सिल्ड र ग्लब्स लगाएका छन । बस र माईक्रो सेनिटाइज्ड पनि गर्छन । छोटो दुरीमा चल्ने बस र गाडी विराटनगर बसपार्क छिरेपछि त्यहाँ सेनिटाइज्ड गरिन्छ । विराटनगरबाट इटहरी, दुहबी, इनरुवा, धरान, बिर्तामोड, काकडभिट्टा तथा लामो दुरीमा जनकपुर, सिरहा, बीरगन्ज, काठमाडौ, पश्चिमनेपालसमेत गरी देनिक ४ सय गाडी छुट्थे । अहिले छोटो दुरीमा चल्ने गाडी पनि निक्कै कम चलेका छन ।

धरानबाट काठमाडौका लागि रात्री बस चलाउने बसका चालक राजेश शर्मा प्याकुरेल भन्छन्,“धेरै समय त गाडी थन्क्याएर नै राखियो बल्ल चलाउन थालिएको छ तर एक त काठमाडौ जाने र उताबाट आउने यात्रु छैनन् फेरि हामीले आधा सिट मात्रै यात्रु बोक्नु पर्ने भएकोले आर्थिक नोक्सानी पनि भएको छ ।” उनले गाडी पार्किङ गरेर राख्दा इन्जीनमै खराबी आउने अवस्था भएको सुनाए ।

कोरोना भाइसरको त्रासका कारण सरकारले चैत १० गतेदेखि लकडाउन शुरु गरेपछि सवारी थन्किएका थिए । पछिल्ला तीन दिनमा विराटनगर बसपार्कबाट करिब २ सय जति सवारी साधान गन्तब्यतर्फ गएका छन । लामो दुरीका यात्रुले आफ्नो सुरक्षाका लागि आफैं मास्क र स्यानिटाइजर बोकेर जानुपर्ने नियम लगाइएको छ । धरान जान हिंडेका विराटनगर १२ का दिपेश साहले गाडीका धेरै सिट खाली नै देखेको बताए ।
पसल खुले ग्राहक आउँदैनन

गत वर्ष यतिबेला विराटनगरमा दशैं बजार शुरु भईसकेको थियो । मानिसहरुको चहलपहल निकै थियो । तर, कोरोना कहरका कारण विराटनगरमा पसल खुलेपनि ग्राहकहरु भने कमैमात्र पुग्छन । विराट व्यापार संघका अध्यक्ष सुजन थापाभन्छन्,“पसल बजार त सूचारु भयो तर व्यापार भने पटक्कै छैन । मानिसहरुका चहलपहल नहुँदा बिक्रीबट्टा छैन ।”व्यापार नभएका कारण धेरै व्यापारीलाई लगानीको ब्याज र घरभाडा तिर्नसमेत धौ धौ भएको थापा बताउँछन । विराटनगरको मेनरोड, जलजलामोड, महेन्द्रचौक, हिमालयरोड, निलसदन रोड, ट्राफिक चौकतिरका पसलमा ग्राहकको धेरै चहलपहल नदेखिएको थापाले सुनाए ।

कपडाको थोक तथा खुद्रा व्यापारी जबार साह अघिल्लो वर्ष यतिबेला कपडाको अर्डर लिन भ्याई नभ्याई हुने गरेकोमा यो पटक अवस्था ठिक विपरीत भएको बताउँदै भन्छन्,“हामीले चीनबाट समेत कपडा मगाउने गर्दथ्यौं तर यो पटक कुनै कन्साइन्मेन्ट छैन । व्यापार चौपट अवस्थामा छ । पसल र बजार खुलेर मात्र हुँदैन खरिद गर्ने गाह्रक पनि आउनु पर्छ ।”

जलजलामोडस्थित गौतम स्टोरका संचालक सन्तोष गौतमले धेरै कम ग्राहक आउने गर्नाले दशैंको सामान हालौं या नहालौं भन्ने तनाव भएको सुनाए । दशैंमा गतवर्ष २५ लाखसम्मको सामान हाल्ने गरेकोमा यो पटक भने ३ लाख बराबरको सामान पनि हालै नहालौं भएको बताए ।

उनले भने,“हामी व्यापारीहरु मिलेर दुई महिनाअघि नै चीनको ग्वान्जाउ गएर सामान अर्डर गर्ने र छानेर खरिद गरी फर्कने गरेका थियौं । यो पटक त काठमाडौ पनि जान नसकिएका जस्तो भएको छ ।” उनले काठमाडौ जाँदा पनि स्वास्थ्य जाँच गरेर जानुर्ने जस्ता झन्झटले सामान छान्न र मगाउन नसकिने अवस्था आएको बताए ।

दनुवार समुदायकी भिम ...

धरान/ साङ्गीतिक प्रतिभालाई उजागर गर्ने उद्देश्यले ...

वीपी प्रतिष्ठान छाता ...

काठमाण्डौं/ पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री त ...

नवोदयमा विद्यालय स्त ...

धरान/ नवोदय विद्या मन्दिर, धरान–१६ मा शुक्रब ...

साँझ साढे ५ बजे सार् ...

काठमाडौँ/ माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved