गाडि खुल्यो यात्रु पाएन, खर्च उठाउनै धौं धौं

  • असोज २, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । बिहिबार देखि देशै भर यातायातका साधनहरु खुले पनि यात्रु नपाउँदा धरानबाट छुट्ने सवारीसाधनहरु कमै मात्रामा संचालनमा आएका छन् । लामो समय देखिको लकडाउनका कारण थन्किएका सवारी साधनहरु खुल्न थाले पनि यात्रु नपाउँदा खर्च समेत उठाउन समस्या भएको छ ।

कोरोनाको महामारीलाई नियन्त्रण गर्न गत चैत्र ११ गते देखि ठप्प रहेका सवारी साधनहरु विहिबार देखि खुलेका छन् । यातायात व्यवसायीहरुले सुरक्षा मापदण्ड पुरा गर्दै सवारी साधन संचालनमा ल्याएका छन् । लामो तथा छोटो दुरीका सवारी साधनहरु बसपार्क सम्म आइपुगे पनि यात्रु पाएनन् । यात्रुहरु भने फाट्ट फुट््ट मात्र देखिए । जसले गर्दा संचालनमै समस्या आएको छ । यात्रु नपाउँदा सवारी साधनको खर्च समेत उठाउन गाह्रो हुने सवारी चालक राम बहादुर विकको भनाई छ । उनले भने, ‘बिहान देखि गाडि लिएर बसेको मान्छे नै आउदैनन्, १५ जना जति भए पनि लिएर जान्छौं ।’ कर्मचारीहरुको तलब भत्ता नै पुर्याउन गाह्रो भएको उनले बताए । सुरक्षा मापदण्ड अपनाएर गाडि चलाए पनि यात्रुहरु नपाएको उनले बताए ।

सामान्य समयमा धरानबाट लामो तथा छोटो दुरीका सवारी साधनहरु करिब १ सय वटा संचालनमा आउने गरेका थिए । विहिबार देखि यातायात संचालन भए पनि धरानबाट दैनिक करिब ५ वटा सम्म मात्रै यात्रुवाहक बसहरु संचालनमा रहेका छन् । कोरोनाको महामारीमा थन्किएका सवारी साधनहरु संचालन गर्न व्यवसायीहरु पनि उत्साहित नै रहे । तर सोचे जस्तो सवारी साधन संचालन गर्न नसक्दा व्यवसायी थप मारमा परेको सप्तकोशी यातायात प्रालिका सचिव हरि थापाको भनाई छ । यातायात व्यवसायीहरुले सरकारले तोकेको मापदण्ड अनुसार सुरक्षा अपनाएका छन् ।

गाडिलाई सेनिटाइज गर्ने, यात्रुहरुलाई गाडिमा प्रवेश गर्दा सेनिटाइज लगाइदिने, अनिवार्य मास्क लगाउने व्यवस्था गरेको छ । एक सिटमा एक जना मात्रै बस्ने व्यवस्था गरेको छ । तर सुचना प्रवाह हुन नसक्दा यात्रुहरु नआएको थापाले बताए । उनले भने, ‘यात्रुहरुको सहजताका लागि मात्रै सवारी साधन संचालनमा ल्याएका हौं, आफ्नै खर्चमा सरकारलाई सहयोग गरिरहेका छौं, सरकारले पनि हामीलाई सहयोग गर्नुपर्छ ।’

लामो समय देखि ग्यारेजमै सवारी साधन थन्काउनु परेकाले आर्थिक भारलाई सहज बनाउन करमा छुट दिनुपर्ने उनको भनाई छ । यातायात व्यवस्था ऐन अनुसार गाडि थन्काएको अवश्थामा पाउनु पर्ने सुविधा सरकारले व्यवस्था गरिदिनुपर्ने उनी बताउँछन् ।

यात्रुवाहक सवारी साधनहरुले सुरक्षा मापदण्ड अपनाउँदै संचालनमा ल्याएका छन् । कोरोनाको त्रासले यात्रुहरु यात्रा गर्न अझै पनि मानिरहेका छैनन् । स्थानीय सरकारले सार्वजनिक सवारी साधनहरु सुरक्षा मापदण्ड अपनाएर संचालन भइरहेको सचेत गराउनु पर्ने देखिएको छ ।

प्रधानमन्त्री ओलीले ...

धरान/ प्रधानमन्त्री केपी शर्मा ओलीले बिपी कोइराला स्वास ...

दनुवार समुदायकी भिम ...

धरान/ साङ्गीतिक प्रतिभालाई उजागर गर्ने उद्देश्यले ...

वीपी प्रतिष्ठान छाता ...

काठमाण्डौं/ पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री त ...

नवोदयमा विद्यालय स्त ...

धरान/ नवोदय विद्या मन्दिर, धरान–१६ मा शुक्रब ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved