नयाँ मुल्य कार्यान्यवनका लागि मासु पसल अनुगमन

  • भदौ २८, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । मासु व्यवसायीहरुले आफु खुशी मासुको मुल्य तोक्न थाले पछि धरान उपमहानगरपालिकाले केही दिन अघि जारी गरेको नयाँ मुल्य कार्यान्यवनका लागि आइतबार मासु पसलहरु अनुगमन गरेको छ ।

आइतबार (आज) देखि लागु हुने गरि गत शुक्रबार धरान उपमहानगरपालिकाले मुल्य समायोजन गर्दै नयाँ मुल्य सार्वजनिक गरेको थियो । मुल्य समायोजन कार्यान्यवनको विषयमा गरिएको अनुगमनका क्रममा अधिकांश मासु पसलहरुले नयाँ मुल्य कार्यान्यवन गरेको भेटिएको अनुगमन अधिकृत वेद प्रसाद सापकोटाले बताए ।

सापकोटाका अनुसार धरान १७ रेल्वे, धरान १३, धरान १२ चतरालाइन लगायत विभिन्न ठाउँमा अनुगमन गरिएको थियो । केही पसलहरुमा समायोजन भन्दा बढी मुल्य पाइएको पनि उनले बताए । उनका अनुसार केही पसलले कुखुराको मासु ३ सय, खसीको मासु १ हजारमा बिक्रि गरेको भेटिएको उनले बताए ।
मासुको मुल्य निर्धारण गर्न गठित समितिले आइतबार देखि लागु हुने गरि नयाँ मुल्य निर्धारण गरेको थियो । समितिले बोइलर कुखुराको मासु प्रतिकिलो २ सय ८० रुपैया सँुगुरको मासु प्रतिकिलो ३ सय ६०, खसीको मासु प्रतिकिलो ९ सय र राँगाको मासु प्रतिकिलो ३ सय ५० निर्धारण गरेको थियो ।
मुल्य समायोजन कार्यान्यवन नभएका पसलहरुलाई पहिलो पटक चेतावनी दिएर छाडिएको सापकोटाले बताए ।

माग सम्बोधन नभए धरान ...

धरान/ निजी तथा आवासीय विद्यालयहरूको छाता सङ्गठन प्याप्स ...

धरान मेघा हिमालयन कल ...

धरान/ धरानस्थित धरान मेघा हिमालयन कलेजले राष्ट्रिय परीक ...

यातायात मजदुर व्यवसा ...

काठमाण्डौं/ नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले ...

सप्त​कोशीबाट १६८ केज ...

धरान/ सुनसरीको बराहक्षेत्र नगरपालिका १ स्थित कोशी नदी क ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved