प्रहरी पोष्टको स्थापना

  • साउन २२, २०७७
  • "सन्तोष रुचाल"
alt

धनकुटा / धनकुटाको चौबिसे गाउँपालिका–८ सम्मेवामा अस्थायी प्रहरी पोष्टको स्थापना गरिएको छ ।
स्थानीयवासीको मागलाई मध्यनजर गर्दै साम्मेवामा अस्थायी प्रहरी पोष्टको स्थापना गरिएको हो । उक्त अस्थायी प्रहरी पोष्टको गाउँपालिकाका अध्यक्ष खजिन्द्र राई र प्रमुख जिल्ला अधिकारी केशव प्रसाद विमलीले संयुक्त रुपमा उद्घाटन गरेका छन् । अस्थायी प्रहरी पोष्टको उद्घाटन समारोहमा बोल्दै गाउँपालिकाका अध्यक्ष खजिन्द्र राईले साम्मेवावासीको करिब ८ वर्ष अगाडीदेखिको मागलाई सम्बोधन गर्दै सो क्षेत्रमा प्रहरी पोष्टको स्थापना गरिएको बताए । साम्मेवा धनकुटा र मोरङ जिल्लाको सिमावर्ती क्षेत्र भएका कारण क्षेत्रमा सुरक्षा चुनौति बढी रहेको उल्लेख गर्दै अध्यक्ष राईले अस्थायी प्रहरी पोष्ट स्थापना भएसँगै सुरक्षा व्यवस्था मजबुद रहेको बताए ।

प्रमुख जिल्ला अधिकारी केशव प्रसाद विमलीले प्रहरी पोष्टको उद्घाटन समारोहमा बोल्दै साम्मेवामा अस्थायी प्रहरी पोष्ट स्थापना भएसँगै सो क्षेत्रको सुरक्षा अवस्था मजबुद भएको बताए । प्रहरी र नागरिकबीच एकअर्कामा नङ र मासुको जस्तै सम्बन्ध भएका कारण नागरिकको सहयोग विना प्रहरी एक्लैले केही गर्न नसक्ने भएकाले समाजमा शान्ति सुरक्षा कायम राख्न सबै मिलेर अघि बढ्न आग्रह गरे । प्रहरी प्रधान कार्यालयले २०७७ साउन ७ गते स्वीकृति गरे अनुसार साम्मेवामा अस्थायी प्रहरी पोष्टको स्थापना गरिएको हो ।

अस्थायी प्रहरी पोष्ट उद्घाटन कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष यज्ञकुमारी रुचाल, पूर्व जनप्रतिनिधिहरु, जिल्ला प्रहरी कार्यालयका एसपी गोविन्द अधिकारी, बरख गणका प्रमुख भगवान कोइराला, शसस्त्र प्रहरी बल छिन्ताङ गुल्मका गुल्मपति डिएसपी सचिन कर्माचार्य, छिमेकी जिल्ला मोरङको केराबारी गाउँपालिका–२ का वडाध्यक्ष प्रेमबहादुर लिम्बू लगायतको सहभागिता रहेको थियो । अस्थायी प्रहरी पोष्टमा असईको कमाण्डमा ७ जना सुरक्षाकर्मी परिचालन गरिनेछ ।

sthapana prahari

माग सम्बोधन नभए धरान ...

धरान/ निजी तथा आवासीय विद्यालयहरूको छाता सङ्गठन प्याप्स ...

धरान मेघा हिमालयन कल ...

धरान/ धरानस्थित धरान मेघा हिमालयन कलेजले राष्ट्रिय परीक ...

यातायात मजदुर व्यवसा ...

काठमाण्डौं/ नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले ...

सप्त​कोशीबाट १६८ केज ...

धरान/ सुनसरीको बराहक्षेत्र नगरपालिका १ स्थित कोशी नदी क ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved