सुन्दरहरैचामा ३२ गते सम्म लकडाउन, पिसिआर टेस्टको दायरा बढाइने

  • साउन २१, २०७७
  • "तेजबहादुर बन"
alt

 इटहरी । छिमेकि नगरहरूले पालै पालो लक डाउन घोषणा गरे संगै कोरोना संक्रमित न्युनिकरण तथा उच्च सतर्कता अपनाउदै सुन्दरहरैचा नगरपालीकाले पनि बिहिबार राती १२ बजेदेखि एक साता लकडाउन गर्ने निर्णय गरेको छ ।

बुधबार कार्यालय अन्तरगत मेयर शिव प्रशाद ढकालकाे कार्यकक्षमा गरिएकाे पत्रकार सम्मेलन मार्फत लकडाउन बारे जानकारी गराइएकाे हाे । मंगलबार बसेको कार्यपालीकाको बैठकले नगर क्षेत्रमा उच्च सतर्कता अपनाउन लकडाउनको घोषणा गरेको पत्रकार सम्मेलनमा जनाइएकाे छ । साउन ३२ गते सम्म जारी हुने लकडाउनको नियमसंगत पालना गराउन नगरपालीकाले नगरवासीहरूमा अनुरोध गरेको छ ।

लक डाउन अवधिभर औषधी पसल बाहेकका ब्यापार व्यवसाय , नियमित लाग्ने हाट बजार , ब्युटि पार्लर , शैलुन , पार्टि प्यालेस , टिउसन सेन्टर लगायतका स्थानहरूलाइ बन्द गर्न नगरपालीकाले अनुरोध गरेको छ । अहिले सम्म सुन्दरहरैचामा ११ जनामा कोरोना संक्रमण देखिएपनि उपचार पछि सबैजना घर फर्किसकेको सुन्दरहरैचा नगरपालीकाका मेयर शिव प्रशाद ढकालले जानकारी दिएका छन । थप संक्रमण फैलन नदिन लकडाउन गरिएको जनाउदै मेयर ढकालले अब पिसिआर टेस्टको दायरा बढाउने काम भइरहेको पनि जानकारी गराएका छन ।

हिबिस्कसमा पाँचदिने ...

धरान/ धरान-१५मा अवस्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलमा ...

धरानकाे युएन नवोदयका ...

धरान/ कोशी प्रदेशकै अग्रणी शैक्षिक संस्थामध्ये एक ...

लागुऔषध मुद्दाका फरा ...

धरान/लागूऔषध मुद्दामा अदालतबाट तीन वर्ष कैद र दुई लाख र ...

श्रीलङ्का टापुमा कटा ...

बराहक्षेत्र/ सप्तकोशी नदीको नदी उकास क्षेत्रमा रहेको श् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved