इटहरीमा लकडाउन कडाई, मास्क नलगाई हिड्नेलाई कारवाही "इटहरीमा लकडाउन कडा मास्क नलगाइ हिड्नेलाई यस्ताे कार्वाहि"

  • साउन २१, २०७७
  • " तेजबहादुर बन"
alt

 इटहरी । कोरोना भाइरसको संक्रमण समुदाय स्तरमा फैलन थालेपछि दोश्रो चरणको लकडाउन सुरू भएसंगै इटहरीमा बुधबार बिहानै देखि कडाइ गरिएको छ । बजार व्यवसायी पुर्णरूपमा ठप्प बनेका छन भने मुख्य राजमार्गहरूमा अतिआवस्यकिय सवारीहरूबाहेक अन्यलाइ प्रवेश निषेध गरिएको छ । इटहरी उपमहानगरको मंगलबार दिउसो ४ बजे बसेको आपतकालीन बैठकले बुधबार बिहान ७ बजेदेखि आगामि साउन २५ गते राती १२ बजे सम्म पूर्ण रूपले कडाइकासाथ लकडाउन गर्ने निर्णय गरिएको थीयो ।

दैनिक रूपमा कोरोना संक्रमितको संख्या बढन थालेपछि इटहरीले सुरक्षा सतर्कता अपनाउदै इटहरीलाइ ५ दिन सम्म लकडाउन गर्ने र पुनः अवस्था हेरेर त्यसैलाइ निरन्तरता दिने या नदिने भन्ने बिषयमा अर्को बैठक बस्ने निर्णय गरेको थीयो । गत साउन १५ गते यता कोरोना संक्रमितको संख्या ८ जना पुगेपछि इटहरीलाइ तत्काल लकडाउन गर्ने निर्णय भएको थियो । बुधबार बिहानै देखि लकडाउन भएपछि इटहरी अहिले सुनसान देखिएको छ ।औषधि पसलबाहेकका सबै ब्यापार व्यवसायहरू पुर्ण रूपमा ठप्प छन भने राजमार्गमा एम्बुलेन्स , कुटनितिज्ञ , प्रेस , दुधको गाडी , ढुवानी लगायत अति आवस्यकिय सवारी बाहेक अन्य गुडन दिएको छैन ।

यसैबिच इलाका प्रहरी कार्यालय इटहरी र सशस्त्र प्रहरी वल इटहरीले अनावस्यक सडकमा निस्कने जो कोहिलाइ पनि नियन्त्रणमा लिने भएको छ । राजमार्गको सुरक्षामा खटिएको ट्राफिक प्रहरीले पनि मास्क नलगाइ निस्किएका जो कोहिलाइ पनि नियन्त्रणमा लिएर कानुन अनुसार दण्ड जरिवा गराउने भएको छ ।

116878231_335702177565338_4607270212635974885_n 116745706_2702800039992897_7759143535643414063_n 116628537_282452203059043_6508282050523897995_n

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved