प्रदेश १ मा ४३ कोरोना संक्रमित थपिए

  • साउन २०, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

विराटनगर, २० साउन । प्रदेश १ मा आज ४३ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा २०, सुनसरीमा १२, झापामा ८, इलाममा २ र प्रदेश १ बाहिरका १ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

आज मोरंगका ५ वटा स्थानीय तहमा संक्रमण देखिएको छ । मोरंगको विराटनगरमा ४ महिला ७ पुरुष, बुढीगंगामा ३ पुरुष १ महिला, लेटाङ र केराबारीमा २–२ पुरुष, उर्लाबारीमा १ पुरुष हेका छन् ।

सुनसरीको दुहवीमा ४ पुरुष, इटहरी ३ पुरुष १ महिला, धरानमा ३, इनरुवामा १ पुरुष र झापाको कचनकवलमा ३, दमक र गौरीगञ्जमा २–२, भद्रपुरमा १ पुरुष, इलामको सुर्योदयमा २ पुरुष र धनुषाका एक पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या १ हजार १ सय ७१ जना पुगेको छ । आज १ जना डिस्चार्ज भएका छन् । जिल्ला अस्पताल खोटाङमा उपचाररत १ जना डिस्चार्ज भएका हुन । डिस्चार्ज हुनेको संख्या ८ सय ३० पुगेको छ ।

प्रदेश १ मा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४ पुगेको छ । २ जना मोरंगको सुनबर्षी र विराटनगरका र अन्य २ जना प्रदेश १ बाहिरका जिल्लाका रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा आज ९ सय ९७ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ६ महिला र ३७ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।

 

हिबिस्कसमा पाँचदिने ...

धरान/ धरान-१५मा अवस्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलमा ...

धरानकाे युएन नवोदयका ...

धरान/ कोशी प्रदेशकै अग्रणी शैक्षिक संस्थामध्ये एक ...

लागुऔषध मुद्दाका फरा ...

धरान/लागूऔषध मुद्दामा अदालतबाट तीन वर्ष कैद र दुई लाख र ...

श्रीलङ्का टापुमा कटा ...

बराहक्षेत्र/ सप्तकोशी नदीको नदी उकास क्षेत्रमा रहेको श् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved