रंगेली सोमबार मोरङको रंगेली नगरपालिकामा एकै परिवारका १४ सहित २२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । संक्रमण देखिएपछि नगरपालिकाले रंगेली बजार क्षेत्र अर्को सूचना जारी नभएसम्मका लागि सिल गरेको छ।
बिराटनगर स्थित कोशीअस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा रंगेलीका २२ जनामा संक्रमण पुष्टिद भएको हो ।
संक्रमण पुष्टि हुनेमा विद्युतप्रधिकरणमा कार्यरत ५ जना र तीन जना रंगेली अस्पतालमा कार्यरत दुईजना प्राविधिक र एकजना भान्से रहेको खुलेको छ ।
नगरपालिका एक विज्ञप्ति जारी गर्दै अस्पतालको इमरजेन्सी सेवाहरु समेत २० साउनदेखि अर्का सूचना जारी नहुन्जेलसम्मका लागि बन्द गरिएको र स्वास्थ्यसँग सम्बन्धित सेवाहरु बाहेक नगरपालिका तथा वडा कार्यालयहरुबाट दिइने सेवाहरु समेत मंगलबारदेखि अर्को सूचना नभएसम्मका लागि बन्द रहेको जनाएको छ ।