कोशी अस्पतालमा कारोनासंग मिल्दो लक्ष्यण देखिएको पुरुषको मृत्यु

  • साउन २०, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

विराटनगर । कोभिड १९ संक्रमणको आशंकामा अस्पताल भर्ना गर्नै लाग्दा उदयपुरका एक व्यक्तिको कोशी अस्पतालमा मृत्यु भएको छ ।

अस्पतालको आइसोलेसनमा भर्ना गर्न ल्याइएका उदयपुरको बेलका नगरपालिका वडा नम्बर १ का ५५ वर्षका वेदप्रसाद न्यौपानेको मङ्गलबार बिहान मृत्यु भएको हो ।

कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेन डा. चुमनदाल दासले मृतकमा कोरोनाको आंशका गरिएको र लक्ष्यणसमेत मिल्दोजुल्दो देखिएको जानकारी दिए । स्वाब परीक्षणपछि मात्र शवको व्यवस्थापनको काम हुने दासले बताए ।

न्यौपानेले गएरति उच्च ज्वरोको समस्या भएपछि विराट मेडिकल कलेज टंकीसिनवरीमा ल्याइएको थियो तर त्यहाँबाट कोशी पठाइएको थियो । आईसोलेसनमा भर्ना गर्न लाग्दा बिहान १ बजे उनको मृत्यु भएको हो ।

ज्वरो आउने, रिंगाटा चल्ने, वाकवाकी लाग्ने, श्वास फेर्न गाह्रो हुने जस्ता समस्या देखिएको चिकित्सकले बताएका छन् ।

सोमबार कोरोनाकै कारण विराटनगर– ५ का ७७ वर्षीय वृद्धको कोशी अस्पतालमा मृत्यु भएको थियो ।

कोशी सरकारको नीति तथ ...

विराटनगर । कोशीको नीति तथा कार्यक्रम सार्वजनिक भएको छ । ...

सांसद र डीएसपीको का ...

मोरङ/ मोरङको कानेपोखरी गाउँपालिका–७ स्थित पू ...

गहुँगोरो वर्ण, कालो ...

बराहक्षेत्र/२०८२ जेठ ४ — सुनसरीको बराहक्षेत्र नगर ...

जनताको सास्ती, सरकार ...

झापा/झापा जिल्लाको अर्जुनधारा नगरपालिका–५ स्थित ब ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved