विराटनगर । विराटनगरको कोशी अस्पतालको आईसोलेसनमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
विराटनगर–५ का ७७ वर्षीय पुरुषको आइसोलेसनमा उपचारको क्रममा मृत्यु भएको हो ।
श्वास प्रश्वास सम्बन्धी समस्या भएपछि उनी आज बिहान १० बजे अस्पतालमा भर्ना भएका थिए । अस्पताल प्रशासनका अनुसार स्वाब संकलन गरी परीक्षणमा पठाइएको थियो । उनको रिर्पोट पोजेटिभ आएको छ ।
रिर्पोट आइसक्दा बिरामीको समेत मृत्यु भएको कोशी अस्पतालका मेसु डा. चुमनलाल दासले जानकारी दिएका छन् ।
बिरामीको शरीरमा अक्सिनको मात्रा समेत घट्दो अवस्थामा पुगेर समस्या देखिएको थियो ।