इटहरी उपमहानगरको सवारी चालक सहित ३ जनामा कोरोना पुष्टि " आपतकालिन बैठक वसेर लकडाउन गर्ने तयारी "

  • साउन १९, २०७७
  • "तेजबहादुर बन"
alt

इटहरी । इटहरी उपमहानगरपालीका कार्यालयमा कार्यरत एक सवारी चालक सहित ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कार्यालयमा कार्यरत इञ्जिनयर सहित वार्ड नं ६ का एक पुरूष र कार्यालयकै एक सवारी चालकलाइ कोरोना पुष्टि भएको हो ।

विपि प्रतिष्ठानमा धरान पठाईएको ६६ जनाको स्वाब पिसिआर परिक्षण गर्दा ३ जनामा कोरोना पोजेटिभ देखिएको इटहरी उपमहानगर स्वास्थ्य शाखा प्रमुख रामचरण चौधरीले बताउनुभयो । त्यस्तै इटहरी उपमहानगर अन्तरगत इटहरी अस्पतालका इमरजेन्सी शाखा प्रमुख रामकुमार धमलाले पनि एक जनामा कोरोना पुस्टी भएसंगै अब इटहरीमा खतरा बढेको बताउनुभएको छ ।

हाल सम्म ३ जनामा कोरोना पुस्टी भएपछि समुदाय स्तरमा कोरोना फैलिएकोले उपमहानगरले उच्च सतर्कता अपनाउन सबैमा आग्रह गर्दै आएको छ । आज सोमबार दिउसो १२ बजे भित्र सबै रिपोर्ट आइसक्ने र मेयर उपमेयर संग ब्रिफिङ गरी इटहरीमा सावधानी अपनाउन तत्काल लकडाउन गर्ने बिषयमा आपतकालिन बैठक बस्ने तयारी भइरहेको पनि अस्पतालका इमरजेन्सी शाखा प्रमुख धमलाले बताउनुभयो । यता यस बिषयमा इटहरी उपमहानगरका मेयर द्वारीकलाल चौधरीले सबै रिपोर्ट आएपछि अवसथा हेरेर इटहरीलाइ लकडाउन गरिने बताउनुभयो ।

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved